मिडियाटेकको डाइमेन्सिटी ७००० चिप ५एनएम नोडमा निर्माण हुने

Technology Khabar ६ मंसिर २०७८, सोमबार

मिडियाटेकको डाइमेन्सिटी ७००० चिप ५एनएम नोडमा निर्माण हुने

काठमाडौं ।

चिनियाँ चिप निर्माता मिडियाटेकले केही समय अघि डाइमेन्सिटी ९००० नामको फ्ल्यागशिप चिपसेट निर्माण गर्ने घोषणा गरेकामा अब भने अपर मिड रेन्जको डाइमेन्सिटी ७००० पनि निर्माण गर्ने बुझिएको छ।

हालै चीनका एक टिपस्टरले सामाजिक सञ्जाल वेबोमा यसका बारेमा पोस्ट गरेका हुन्।

वेबोमा आएको उक्त जानकारीका अनुसार मिडियाटेकले ल्याउँदै गरेको डाइमेन्सिटी ७००० चिपसेट हाल परीक्षणको चरणमा रहेको र यसलाई टीएसएमसीको ५एनएम फाउन्ड्रीमा निर्माण गरिने बुझिएको छ।

यसलाई निर्माण गर्ने क्रममा डाइमेन्सिटी ९००० मा पनि प्रयोग गरिएको एआरएमकव नयाँ भी९ आर्किटेक्चर प्रयोग गरिने आकलन गरिएको छ।

यसको सीपीयू कन्फिगरेशनका बारेमा खासै केही नखुलाइए पनि डिजिटल च्याट स्टेशनले उक्त चिपसेटले स्न्यापड्रागन ८७० र ८८८ को बीचतिरको अर्थात् ७५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने उल्लेख गरेका छन्। यो आँकडा कुनै गैर-फ्ल्यागशिप फोनका हकमा निकै सराहनीय हो।

Global Bank
easy care

प्रकाशित: ६ मंसिर २०७८, सोमबार

ताजा समाचार