इन्ग्रेल्सको ‘वेद स्कूल सफ्टवेयर’ लाई विट्सा अवार्ड

Technology Khabar ५ मंसिर २०७८, आईतवार

इन्ग्रेल्सको ‘वेद स्कूल सफ्टवेयर’ लाई विट्सा अवार्ड

काठमाडौं ।

इन्ग्रेल्स प्राइभेट लिमिटेडले वर्ल्ड इन्फरमेसन टेक्नोलोजी सर्भिस अलाएन्स(विट्सा) ग्लोवल आईसीटी एक्सिलेन्स अवार्ड २०२०’ मा सम्मान गरिएको छ। कम्पनीलाई उक्त अवार्ड कार्यक्रममा रहेको ‘डिजिटल अपरचुनिटी/इन्क्लुजन अवार्ड’ विधा अन्तर्गत ‘मेरिट अवार्ड’ प्राप्त गरेको छ।

वेद स्कूल सफ्टवेयरमार्फत ‘ई-इजुकेशन एण्ड लर्निङ अवार्ड(प्राइभेट सेक्टर/एनजीओ) वर्गमा मनोनित भएको कम्पनिले उक्त अवार्ड हात पारेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजित ‘बीटुबी-आईसीटी बिजनेस समिट-२०२१’ मार्फत कम्पनीलाई अवार्ड प्रदान गरिएको हो।

ढाकामा सम्पन्न ‘२०२१ वर्ल्ड कंग्रेस अन आईटी’ को भर्चुअल कार्यक्रममा अन्य विधा सहित यो अवार्ड नोभेम्बर १३ तारिकमा घोषणा गरिएको थियो। विट्साले अष्ट्रेलिया, दक्षिण अफ्रिका, क्यानाडा, मलेसिया सहित विभिन्न ८० भन्दा बढी देशबाट उत्कृष्ट प्रभावशाली तथा नवीन व्यवसायहरुबाट छनोट गरि विजेता घोषणा गर्दै आएको छ।

विट्सा ग्लोवल आईसीटी एक्सिलेन्स अवार्डले विश्वभरको ९० प्रतिशत आइसिटी बजारलाई समेट्ने हुनाले यसलाई प्रतिष्ठित अवार्डको रुपमा लिइन्छ । वेद स्कुल सफ्टवेयरले विद्यालय तथा कलेजहरुलाई डिजिटल रूपान्तरण गर्न एकिकृत प्रणाली उपलब्ध गराउँदै आएको छ।

शिक्षालाई डिजिटलरुपमा पूर्ण स्वचालित गर्ने योजनाका साथ कम्पनिले सन् २०१५ देखि समान अवसर तथा सहज पहुँच युक्त शिक्षा प्रणाली विकास गरि उपलब्ध गराउँदै आएको छ। यस प्रणालीमा हाल सात सय भन्दा बढी शैक्षिक संस्था जोडिएका छन्। जसमार्फत प्रशासनिक तथा लेखा साथै अनलाइन कक्षा सञ्चालन, गृहकार्य व्यवस्थापन र अनलाइन परिक्षा जस्ता फिचर उपलब्ध रहेको कम्पनिले जनाएको छ।

‘यस सम्मानले शिक्षामा प्रविधिको प्रयोग गरि नयाँ आयाम ल्याउने हाम्रो प्रतिबद्धतालाई नयाँ ऊर्जा मिलेको छ,’ कम्पनीका सह-स‌ंस्थापक सुजित पाठकले भने, ‘हामी शिक्षा क्षेत्रलाई पूर्ण रूपमा डिजिटल रूपान्तरण गरी विद्यार्थीलाई शिक्षामा सहज पहुँचका लागि थप काम गर्दै छौं ।’

telecom
easy care

प्रकाशित: ५ मंसिर २०७८, आईतवार