एएमडी र मिडियाटेकबीच सहकार्य हुने

Technology Khabar ५ मंसिर २०७८, आईतवार

एएमडी र मिडियाटेकबीच सहकार्य हुने

काठमाडौं ।

चिप निर्माता कम्पनी एएमडी र मिडियाटेकबीच सहकार्य हुने भएको छ।

यी दुई कम्पनीबीच मिडियाटेकको नयाँ फिलोजिक ३३०पी चिपसेट समावेश भएको एएमडी आरजेड६०० सिरिज वाइफाइ ६ईमोडुयलबाट शुरु गरेर उद्योगकै अग्रणी वाइफाइ सोलुशनका लागि इन्जिनीयरिङ कार्यमा साझेदारी हुने बताइएको छ।

फिलोजिक ३३०पी चिपसेट २०२२ र त्यसपछि आउने एएमडीका रेजेन सिरिज ल्यापटप र डेस्कटप कम्पयुटरहरुमा प्रयोग गरिनेछ।

एएमडी आरजेड६०० सिरिज वाइफाइ ६ई मोड्युललाई अप्टिमाइज गर्नका लागि एएमडी र मिडियाटेकले पीसीएलई तथा यूएसबी इन्टरफेस निर्माण तथा प्रमाणित गरेको दुवै कम्पनीले जनाएका छन्।

अप्टिमाइजेशन प्रक्रियामा स्लीप स्टेट, पावर म्यानेजमेन्छ तथा स्ट्रिस टेस्टिङका साथै कम्प्याटिबिलिटी स्ट्यान्डर्ड पनि रहनेछन् जसले डिभाइस निर्माताहरुको विकासका लागि छुट्याइने समय निकै घटाउने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

ताजा समाचार