आफ्नो पुरानो फोन बेच्नुअघि यी कुरामा ध्यान दिनुहोस्, सानो लापरवाहीले ठूलो नोक्सानी ल्याउन सक्छ

Technology Khabar ५ मंसिर २०७८, आईतवार

आफ्नो पुरानो फोन बेच्नुअघि यी कुरामा ध्यान दिनुहोस्, सानो लापरवाहीले ठूलो नोक्सानी ल्याउन सक्छ

काठमाडौं ।

पछिल्लो संस्करणको चाहनामा, धेरै व्यक्तिहरू चाँडै आफ्नो पुरानो फोन बेच्छन् र नयाँ फोन लिन्छन्। यदि तपाईँ पनि यसो गर्नुहुन्छ भने अलि होसियार हुनुपर्छ।

यदि तपाईँ अलिकति लापरवाही हुनुहुन्छ भने तपाईको सेकेण्ड ह्याण्ड फोन किन्नेले तपाईँलाई धेरै किसिमले हानि पुर्याउन सक्छ।

पुरानो फोन किन्दा के के कुरामा ध्यान दिनुपर्छ जानौँः

फोनको डाटा अन्त कतै स्टोर गर्नुहोस्, र फोनबाट डिलिट गर्नुहोस् – जब तपाइँ आफ्नो फोन बेच्ने योजनामा हुनुहुन्छ, यसको डाटा कतै राख्नुहोस् र फोनबाट खाली गर्नुहोस् किनभने यदि डाटा त्यहाँ छ भने, जसले फोन किनेर लैजान्छ त्यसले तपाईँको डाटाको दुरुपयोग गर्न सक्छ।

माइक्रो एसडी कार्ड हटाउनुहोस्- धेरै व्यक्तिहरूले फोनको स्पेस बढाउन एसडी कार्ड पनि इन्स्टल गर्छन्। फोन बेच्दा मानिसहरूले त्यता ध्यान नदिने र कार्डसँगै फोन बेच्छन्। यस्तो अवस्थामा तपाईँको डाटा पनि नयाँ मान्छेसँगै जान्छ। फोन बेच्दा माइक्रो एसडी कार्ड हटाउन कहिलेपनि नबिर्सनुहोस्।

फोनमा खोलिएका प्रत्येक एकाउन्टबाट लगआउट गर्नुहोस् – फोनमा, हामी जिमेल फेसबुक ट्विटर प्लेस्टोरका साथै धेरै एपहरूमा लगइन गर्छौं। यसका साथै हामीले प्रयोग गरेका मोबाइल वालेटदेखि मोबाइल बैंकिङ्ग सम्मका सबै एपहरुबाट लगआउन गर्नुहोस् । फोन बेच्दा, तपाईंले प्रत्येक प्रकारको खाताबाट लगआउट गर्नुपर्छ।

हिस्ट्री मेटाउनुहोस् – फोन हस्तान्तरण गर्नुअघि, यसको हिस्ट्री मेटाउन नबिर्सनुहोस्। हिस्ट्रीमा, तपाईंले वेब ब्राउजरको हिस्ट्री, कल लगको हिस्ट्री आदि मेटाउनुपर्छ।

फोन रिसेट गर्न नबिर्सनुहोस् – माथिका सबै कुराहरू गरिसकेपछि, फोन दिनुअघि सो फोनलाई रिसेट गर्न नबिर्सनुहोस्। यसो गर्नाले तपाईँको फोनमा भएका सम्पूर्ण डाटाहरु हराउनेछन र तपाईँसँग सम्बन्धित कुनै पनि कुरा फोनमा रहनेछैन्। रिसेट गर्दा त्यहाँ डाटा ब्याकअपको अप्सनलाई बन्द गर्नुहोस् र रिसेट गर्नुस्।

फोन बेचेको विवरणहरू राख्नुहोस् – तपाईंले फोन बेच्दा विशेष गरी यसलाई ध्यानमा राख्नुपर्छ। तपाईँले फोन कहिले बेच्नुभयो, कुन मोडलको हो, कसलाई बेच्नुभयो, आदि, यसलाई रेकर्डमा राख्नुहोस्। यदि तपाईँ फोन साट्दै हुनुहुन्छ भने त्यसको पनि प्रमाण राख्नुहोस्। यदि भोलि यो फोनमा केहि गडबड भयो भने, तपाईँले यी प्रमाणहरू देखाएर बच्न सक्नुहुन्छ।

Global Bank
easy care

प्रकाशित: ५ मंसिर २०७८, आईतवार