सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ

Technology Khabar ३ मंसिर २०७८, शुक्रबार

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
NTC_Advt

सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक आरोपीलाई बिहिबार पक्राउ गरेको छ।

सामाजिक सञ्जाल इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीको चरित्र हत्या गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्युरोले टोलीले काठमाडौं महानगरपालिका भोटेबहाल बस्ने २० वर्षीय लव खड्गीलाई पक्राउ गरेको ब्यूरोका प्रवक्ता नविन्द्र अर्यालले जानकारी दिए।

आरोपीत खड्गीले इन्स्टाग्राम तथा फेसबुकमार्फत नाबालिका र युवतीहरूलाई साथी बनाई डर तथा धाकधम्की देखाउँदै नग्न तस्वीर तथा भिडिओ पठाउन लगाएर दुःख हैरानी दिने गरेको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंको अनुमतिमा निज खड्गीमाथि सो बारेमा ५ दिनको लागि म्याद थप गरि अनुसन्धान भईरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०७८, शुक्रबार