Technology Khabar १ मंसिर २०७८, बुधबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले एउटा मोबाइल अपरेटरको सिम तथा नम्बरबाटै अर्को मोबाइल अपरेटरमा परिवर्तन गर्न दिने कानूनको मस्याैदा तयार पारेको छ।
यसका लागि प्राधिकरणले आज बुधबार मोबाइल नम्बर पोर्टेबिलीटी (एम.एन.पप.) सम्बन्धी नियमावली, २०७८ आफ्नो वेबसाइटमा प्रकाशन गरेको हो।
प्राधिकरणले एक महिनाको समयभित्र उक्त नियमावलीका सम्बन्धमा राय, सुझाव तथा प्रतिक्रिया दिएर सबै सम्बन्धित व्यक्ति तथा संघ संस्ठालाई नियमावली तर्जुमा गर्ने कार्यमा सहयोगका लागि आग्रह पनि गरेको छ।
उक्त मस्याैदा पढेर आफूलाई लागेका सुझाव तथा प्रतिक्रिया नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाण्डौं, पो. ब. नं.: ९७५४ मा वा [email protected], [email protected] नामक ठेगानामा ईमेल गर्न सकिने जानकारी दिएको छ।
प्राधिकरणले मोबाइल नम्बर पोर्टेबिलिटीलाई सहज बनाउनका लागि चालु आवको बजेटमार्फत नयाँ कार्यक्रमअन्तरगत मोबाइल नम्बर पोर्टाबिलिटीका लागि आवश्यक नियमावलीको मस्याैदा तयार पारेको हो।
विकसित मुलुकहरुमा सञ्चालनमा रहेको र छिमेकी देश भारतले समेत केही वर्षयता कार्यान्वयन गरेको मोबाइल नम्बर पोर्टेबिलिटी सुविधा अन्तर्गत प्रयोगकर्ताहरुलाई एउटा मोबाइल अपरेटर मन नपरे नम्बर परिवर्तन नगरिकनै अर्को अपरेटरको जान सकिन्छ।
यस्तो छ मस्याैदाको पूर्ण पाठ
Mobile-Number-Portability-Niyamawali-2078-Draftसम्बन्धित समाचार
एउटा मोबाइल अपरेटर मन नपरेमा अर्को अपरेटरमा जान सकिने, मोबाइल नम्बर पोर्टाबिलिटी आउँदै
प्रकाशित: १ मंसिर २०७८, बुधबार