भू–सेवा केन्द्र सञ्चालन सम्बन्धी प्रशिक्षण

Technology Khabar १ मंसिर २०७८, बुधबार

भू–सेवा केन्द्र सञ्चालन सम्बन्धी प्रशिक्षण

काठमाडौं ।

जग्गासम्बन्धी सेवा अनलाइन प्रविधिबाट सहज रूपमा दिन मालपोत कार्यालय सप्तरीले आयोजना गरेको दुई दिने भू–सेवा केन्द्र सञ्चालनबारे प्रशिक्षण मङ्गलबार सम्पन्न भएको छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले खुलाइएको फर्म दर्ताको सूचनाअनुसार आएको अनलाइन दरखास्त आह्वानको आधारमा छनोट गरी लेखापढी व्यवसाय सङ्घबाट ७१ र स्थानीय तहबाट तीन जना गरी ७३ जनालाई सेवा केन्द्र सञ्चालनका लागि अनुमति दिइने मालपोत कार्यालय सप्तरीका प्रमुख दीपेन्द्र झाले जानकारी दिए ।

भूमि संरक्षण तथा त्यससँग सम्बन्धित सम्पूर्ण सेवा प्रदान गर्नसक्ने गरी भू–सेवा सञ्चालन केन्द्र सञ्चालनमा ल्याउन त्यस सम्बन्धमा कानुनी र प्राविधिक जानकारीसहित विभागले दुई दिनको प्रशिक्षण आयोजना गरेको प्रमुख झाले बताए।

सरकारको भू–संरक्षण निर्देशिका–२०७६ बमोजिम केन्द्र सञ्चालनका लागि सरकारलाई धरौटीबापत ५० हजार र हाम्रो पासकोड तथा सर्भर प्रयोग गरेबापत सेवा केन्द्र सञ्चालकलाई वर्षको तीन हजार तिर्नुपर्ने हुन्छ। त्यस्तै सेवाग्राहीलाई सेवा प्रदान गरेबापत लिइने शुल्क सङ्घ, विभाग र कार्यालयको संयुक्त सहमतिमा तय गरिने लेखापढी व्यवसाय सङ्घका केन्द्रीय सदस्य जयनारायण देवले बताए।

अनलाइन सेवा पूर्णरूपमा सञ्चालनमा आइसकेपछि भूमि सम्बन्धमा रहेका ५० प्रतिशतभन्दा बढी समस्या र फर्जी काम नियन्त्रणमा आउने मालपोत कार्यालय सप्तरीका कर्मचारी टेकेन्द्र साहले बताए।

दुई दिनसम्म चल्ने उक्त प्रशिक्षणमा पहिलो दिन विभागका कम्प्युटर इन्जिनियरद्वय बलराम काफ्ले र घनश्याम झाले सहजीकरण गरेका थिए।गोरखापत्र

Global Bank
easy care

प्रकाशित: १ मंसिर २०७८, बुधबार

ताजा समाचार