लाखाैं राउटर र आईओटी डिभाइसलाई जोखिममा पार्न सक्ने मालवेयर

Technology Khabar ३० कार्तिक २०७८, मंगलवार

लाखाैं राउटर र आईओटी डिभाइसलाई जोखिममा पार्न सक्ने मालवेयर

काठमाडौं ।

विश्वका लाखाैं राउटर तथा आईओटी डिभाइसहरुलाई जोखिममा पार्नसक्ने एउटा नयाँ प्रकारको मालवेयर देखा परेको छ।

उक्त मालवेयरले हालसम्म ३० ओटा फरक फरक प्रकारका सुरक्षा जोखिमहरु निम्त्याएको र विभिन्न प्लेटफर्महरुलाई दुरुपयोग गरेको पाइएको सुरक्षा अनुसन्धाताहरुले बताएका छन्।

एटी एन्ड टी एलियन ल्याब्सका साइबर सुरक्षा अनुसन्धाताहरुले व्याख्या गरे अनुसार बोटेनागो नामको उक्त मालवेयरले आफ्नो लक्ष्यमाथि हमला गर्न एकभन्दा बढी उपायहरु अपनाउने गरेको र हमलापछि उक्त डिभाइसमा पछि पहुँचका लागि ब्याकडोरसमेत सिर्जना गर्ने बुझिएको छ।

अनुसन्धाताहरुले भनेका छन्, ’दुरुपयोगका ३० भन्दा बढी तरिकायुक्त यो मालवेयरले लाखो राउटर तथा आईओटी डिभाइसमा हमला गर्न सक्ने सामर्थ्य राख्दछ।’

केही एन्टिभाइरसले यो मालवयरलाई आईओटी मालवेयर बोटनेट मिराइको भेरियन्टका रुपमा पत्ता लगाउने गर्छ। मिराइले सन् २०१६ मा ठूलो सङ्ख्यामा इन्टरनेट डीडीओएस हमला गरेको थियो।

यो मिराइजस्तै भए पनि यसलाई गो प्रोग्रामिङ ल्याङ्ग्वेजमा लेखिएको छ। केही समययता डेभलपहरुमाझ लोकप्रिय हुँदै आएको गो मालवेयर प्रोग्रामरहरुको पनि रुचाइएको बुझिएको छ।

बोटेनागो ले इन्टरनेटमा स्क्यान गरेर जोखिमयुक्त लक्ष्यहरु खोज्छ भने यसका कोडको विश्लेषणबाट हमलाकर्ता हमलाका बेला उक्त मालवेयरसँग लाइभ नै हुन्छ र विश्वभरका कतिओटा डिभाइसमा हमला भइरहेको छ भन्ने उस्ले तत्कालै थाहा पाउँछ भन्ने पत्ता लागेको छ।

एजेन्सीका साथमा

easy care

प्रकाशित: ३० कार्तिक २०७८, मंगलवार