Technology Khabar २७ कार्तिक २०७८, शनिबार
काठमाडौं ।
जियोफोन नेक्स्टको लन्च गरेपछि, जियोले अब आफ्नै ल्यापटप ल्याउने तयारी गरिरहेको बताइएको छ।
जियोबुक (JioBook)लाई गिकबेन्चमा देखाइएको छ, जुन मिडियाटेक एमटी ८७८८ एसओसी प्रोसेसरद्वारा संचालित हुन सक्छ। यदि गीकबेन्चको सूचीलाई विश्वास गर्ने हो भने, जियोबुकमा २ जीबी र्याम हुन सक्छ र यो एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा काम गर्दछ।
यसअघि यो ल्यापटप भारतीय मानक ब्यूरो प्रमाणीकरण वेबसाइटमा देखिएको थियो। मोडेल नम्बरहरूको आधारमा हेर्दा यसमा तीन फरक भेरियन्टहरू हुनेछन्। प
हिले आएको जानकारी अनुसार, जियोको यो ल्यापटप क्वालकम स्न्यापड्रागन ६६५ चीपसेटमा चल्नेछ, जुन स्न्यापड्रागन एक्स १२ फोरजी मोडेमसँग जोडिएको छ।
पछिल्लो जानकारी अनुसार कम्पनीले आफ्नो कार्यसम्पादनको आन्तरिक परीक्षण गरिरहेको छ। यो ल्यापटप आगामी केही महिनामा बजारमा आउन सक्ने अनुमान गरिएको छ।
केहि दिन अघि, बिआईएसमा मोडेल नम्बर NB1118QMW, NB1148QMW र NB1112MM सहितको जियो बुक देखा पर्यो। यी मध्ये, मोडेल नम्बर NB1112MM भएको जियो बुक अब गिकबेन्चमा सूचीबद्ध छ र यसका केही विशिष्टताहरू पनि बाहिर आएका छन्।
मोडल नम्बर NB1112MM भएको जियोबुक २GB र्यामका साथमा आउनेछ। प्रोसेसरका रूपमा कम्पनीले यसमा मिडियाटेक एमटी ६७८८ चिपसेट उपलब्ध गराउन लागेको छ । यो जियोबुकले एन्ड्रोइड ११ अपरेटिङ सिस्टममा काम गर्छ। यसले गीकबेन्चको सिंगल कोर टेस्टमा ११७८ र मल्टी कोर टेस्टमा ४२४६ अंक ल्याएको छ।
एक्सडीए डेभलपर्सको रिपोर्ट अनुसार यो नोटबुकमा १३६६×७६८ पिक्सेल रिजोल्युसन भएको एचडी डिस्प्ले छ। Jio Book को डिस्प्ले साइजको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन। एक्सडिएले आफ्नो रिपोर्टमा भनेअनुसार जियोबुक स्न्यापड्रागन ६६५ को साथ आउनेछ र यसमा कम्पनीले फोरजी कनेक्टिभिटीको लागि स्न्यापड्रागन एक्स १२ फोरजी मोडेमप्रदान गर्नेछ।
जियोबुकको आधार मोडेल २जीबी र्याम र ३२ जीबी स्टोरेजको साथ आउन सक्छ। एकै समयमा, यसको हाइ इण्ड भेरियन्टमा ४जीबी र्याम र ६४ जीबी स्टोरेज देख्न सकिनेछ। कनेक्टिभिटीको लागि फोरजी एलटीई बाहेक, डुअल-ब्यान्ड वाइफाइ र एचडीएमआई जियो बुकमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०७८, शनिबार