यी फोनमा उपलब्ध हुँदै एन्ड्रोइड १२, कतै तपाईँको फोन पनि सूचीमा छ कि?

Technology Khabar २७ कार्तिक २०७८, शनिबार

यी फोनमा उपलब्ध हुँदै एन्ड्रोइड १२, कतै तपाईँको फोन पनि सूचीमा छ कि?

काठमाडौं ।

गुगलले धेरै महिनाअघिदेखि बिटा परीक्षण गरिरहेको एन्ड्रोइडको नयाँ भर्सन गत मे मा सार्वजनिक गरेको थियो। सार्वजनिक भएलगत्तै उक्त अपडेट सबैभन्दा पहिले गुगलकै पिक्सेल फोनमा उपलब्ध गराइएको थियो।

त्यसपछिको अर्को चरणमा यो अपडेट वनप्लस, ओपो, रियलमी, शाओमी तथा भिभो जस्ता मुख्य ब्रान्डका स्मार्टफोनहरुमा उपलब्ध गराइयो। कम्पनीले चरणबद्ध रुपमा ब्रान्ड र मोडल थप्दै लैजाने क्रममा अब अन्य सूची पनि थप हुने भएको छ।

एन्ड्रोइड १२ रोलआउटका लागि प्रत्येक स्मार्टफोन ब्रान्डले आफ्नै रोडम्याप तयार गरेका छन्। यसै कारण ओपो फोनमा यो अपडेट शाओमीका स्मार्टफोनहरु भन्दा निकै अछि आउन सक्ने आकलन गर्न सकिन्छ।

यो वर्षको अन्त्यमा अधिकांश ब्रान्डका फोनमा एन्ड्रोइड १२ मा आधारित कस्टम सफ्टवेयर उपलब्ध हुने अपेक्षा गरिएको छ।

यस्तो छ सूची:

भिभो

भिभोले यही नोभेम्बरबाट आफ्ना फ्ल्यागशिप तथा मिड-रेन्जका फोनमा एन्ड्रोइड १२ उपलब्ध हुने बताएको छ। एन्ड्रोइड १२ अपडेट पाउने फोनको पूरा सूचीमा ३१ ओटा फोन समावेश भएका छन्। भिभोले हालसम्म आफ्नो फनटच ओएस १२ को बिटा सफ्टवयर रोलआउट गर्न शुरू गरेको छैन। तर छिट्टै शुरु हुने सम्भावना रहेको बुझिएको छ।

शाओमी

शाओमीले यसै वर्षको अन्त्यसम्ममा आफ्ना स्मार्टफोनहरुमा एन्ड्रोइड १२ रोलआउट शुरु गर्ने बताइएको छ। तर यो अपडेट पाउने स्मार्टफोनको आधिकारिक सूची कम्पनीले उपलब्ध गराएको छैन।

ओपो

ओपोले आफ्नो फ्ल्यागशिप फोनका लागि एन्ड्रोइड १२ रोल आउट गरिसकेको छ। बिटामा उपलब्ध कलरओएस १२ मा गुगलको एन्ड्रोइड १२ मा समावेश भएका सबै विशेषता रहेका छन्।

रियलमी

रियलमी पनि आफ्नो फ्ल्यागशिप फोनका लागि एन्ड्रोइड १२ बिटा रोलआउट गर्ने ब्रान्डहरुमध्येमा पर्छ। यसको जीटी फ्ल्यागशिपमा पहिले नै रियलमी यूआई ३.० बlटा सफ्टवयर चल्नेमा यो वर्षको रोडम्यापमा अरु धेरै मोडलहरु थपिएका छन्।

वनप्लस

वनप्लस पनि एन्ड्रोइड भर्सनका लागि बिटा सफ्टवयर अपडेट रोलआउट गर्ने पहिलो कम्पनीमा पर्छ। वनप्लसका फोनमा पनि पछिल्लो एन्ड्रोइड १२ भर्सन उपलब्ध हुनेछ।

ओपोले वनप्लसको सफ्टवयर आर एन्ड डीलाई आफ्नोमा मिसाएकाले परिवर्तनका कारण केही समय भने लाग्नसक्ने बताइएको छ।

कम्पनीले वनप्लस ९ सिरिजका लागि मात्र एन्ड्रोइड १२ को बिटा प्रोग्राम खुला गरेको छ तर सार्वजनिक रोलआउटको मिति भने तय भएको छैन। एन्ड्रोइड १२ को नयाँ भर्सन वनप्लस ९, वनप्लस ९ प्रो, वनप्लस ९आर तथा वनप्लस ९आरटी मा उपलब्ध हुनेछ।

आईकू

आईकूले हालैमात्र आफ्नो एन्ड्रोइड रोलआउट रोडम्यापको घोषणा गरेको छ। यो ब्रान्डले अहिले बेच्दै गरेका सबै फोनहरु एन्ड्रोइड १२ मा आधारित आईकू यूआई सफ्टवयर अपडेट गर्न मिल्ने खालका छन्। एन्ड्रोइड १२ अपडेट गर्न मिल्ने फोनहरुमा आईकू७, आईकू७ लेजन्ड, आईकू जेड३ तथा आईकू जेड५ रहेका छन्।

easy care

प्रकाशित: २७ कार्तिक २०७८, शनिबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार