अपाङ्गता भएका व्यक्तिबाट बढी शुल्क लिएको आरोपमा उबर विरुद्ध मुद्दा दायर

Technology Khabar २५ कार्तिक २०७८, बिहीबार

अपाङ्गता भएका व्यक्तिबाट बढी शुल्क लिएको आरोपमा उबर विरुद्ध मुद्दा दायर

काठमाडौं ।

अमेरिकी न्याय विभाग (डीओजे) ले राइड-हेलिङ एप उबरले अपाङ्गता भएका व्यक्तिबाट बढी शुल्क लिएको आरोपमा कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ।

डीओजेले उबरको “प्रतीक्षा समय” शुल्कले कारमा चढ्न दुई मिनेटभन्दा बढी समय लाग्ने अशक्त यात्रुहरूलाई भेदभाव गरिरहेको दाबी गरेको बीबीसीले रिपोर्टमा उल्लेख गरेको छ।

यसले उबरलाई अमेरिकी विथ डिसएबिलिटी एक्टको पालना गर्न आवश्यक हुने बताएको छ।

तर उबरले प्रतिक्षा समय शुल्क अपाङ्गता भएका यात्रुहरूलाई लागू गर्ने उद्देश्यले नभएको र यसले शुल्क फिर्ता गरिरहेको बताएको छ।

डीओजेको नागरिक अधिकार डिभिजनका सहायक महान्यायाधिवक्ता क्रिस्टन क्लार्कले सो मुद्दाको उद्देश्य उबरले अशक्त र अपाङ्गता भएका यात्रुहरूलाई कारमा चढ्न थप समय चाहिने कारणले दण्ड दिन सक्दैन भन्ने शक्तिशाली सन्देश दिने उद्देश्य राखेको बताईन्।

“उबर र यातायात सेवा प्रदान गर्ने अन्य कम्पनीहरूले “अपाङ्गता भएकाहरू लगायत सबै मानिसहरूका लागि समान पहुँच सुनिश्चित गर्नुपर्छ,” उनले थपिन्।

यद्यपि, उबरले आफ्ना नीतिहरूले सो ऐनको उल्लङ्घन गरेको कुरामा असहमति जनाएको छ। कम्पनीले यस बारेमा विभागसँग बसेर छलफल गर्ने उल्लेख गरेको छ।

उबरले यात्रुहरुलाई सन् २०१६ देखि प्रतिक्षारत समयको शुल्क लगाउँदै आएको छ। कम्पनीले यस्तो शुल्क निकै नगन्य भएको र अपाङ्गता भएका व्यक्तिहरुका लागि नलाग्ने बताएको छ।

easy care

प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार