Technology Khabar २३ कार्तिक २०७८, मंगलवार
काठमाडौं ।
चार्जिङ इन्फ्रास्ट्रक्चर कम्पनी कनेक्टेड कर्बले बेलायतमा सन् २०३० सम्ममा १ लाख ९० हजार अन-स्ट्रीट पब्लिक चार्जर स्थापना गर्ने योजना सार्वजनिक गरेको छ।
यसका लागि विद्युतीय सवारी (ईभी) को माग बढ़्दै जाँदा १ अर्ब ९० करोड डलर लगानी गर्नुपर्ने देखिएको छ। लन्डनमा रहेको यो कम्पनीका लगभग १ हजार पब्लिक चार्जर अहिले सञ्चालनमा रहेका छन्।
यसबाहेक १० हजारभन्दा बढी चार्जर सम्झाैतामा हस्ताक्षर गरिसकेको छ। कम्पनीका सीईओ क्रिस प्याटेमन जोन्सले रोयटर्सलाई बताए अनुसार कनेक्टेड कर्बसँग सन् २०२२ को पहिलो त्रैमासको अन्त्यसम्ममा थप ३० हजार चार्जरको सम्झाैता गरिसकेको हुनेछ।
कनेक्टेड कर्बले सामान्यतया १५ देखि २५ वर्षसम्मको सम्झोता गर्ने गर्छ जसलाई ठूला इन्फ्रास्ट्रक्चर बैंक तथा इक्विटिक्सजस्ता इन्फ्रास्ट्रक्चर इन्भेस्टर ग्रुपले आर्थिक लगानी गरेको हुन्छ।
घरायसी प्रयोजनमा आउने पब्लिक चार्जरका लागि कम्पनीलाई बेलायत सरकारले केही राहत अनुदान पनि दिएको छ। बेलायतले आगामी सन् २०३० बाट नयाँ डिजेल तथा पेट्रोल कारको बिक्रीमा प्रतिबन्ध लगाउने बताएको छ।
बेलायत सरकारले सन् २०३० सम्ममा देशलाई लगभग ४ लाख ओटा ईभी चार्जिङ प्वाइन्टको आवश्यकता पर्ने अनुमान गरेको छ भने पेटमैन-जोन्सका अनुसार भने उक्त समयसमुम यसको माग अझ बढी हुने बताए।
यूरोपियन अटोमोबाइल म्यानुफ्याक्चर्स एसोसिएशन एसीईए का अनुसार बेलायतमा इलेक्ट्रिक कारको बिक्री यो वर्षको पहिलो ती त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८८ प्रतिशत बढेको जनाएको छ।
यसरी इलेक्ट्रिक कारको बिक्री बढिरहँदा चार्जिङ पूर्वाधार बन्नमा ढिलाइ भएकाले समस्या उत्पन्न भएको बुझिएको छ।
प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार