माइक्रोसफ्ट टिम्समा अवतार उपलब्ध हुँदै, आउँदो वर्ष भीआर र एआर डिभाइस ल्याउने

Technology Khabar १८ कार्तिक २०७८, बिहीबार

माइक्रोसफ्ट टिम्समा अवतार उपलब्ध हुँदै, आउँदो वर्ष भीआर र एआर डिभाइस ल्याउने

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो टिम्स एपमा सन् २०२२ को शुरुवातमा भीआर/एआर डिभाइससँग सम्बन्धित टूल ल्याउने भएको छ।

ल्यापटप, फोन, भीआर तथा माइक्रोसफ्ट होलोनेस हेडसेटमा उपलब्ध हुने यो क्रस डिभाइस अपग्रेड अवतारहरुमा केन्द्रित हुनेछ भने माइक्रोसफ्ट अफिस ३५६ एप तथा सर्भिसमा थुप्रै मिटिङ स्पेसहरु उपलब्ध हुनेछ।

यो फिचर फेसबुकको होराइजन वर्करुमले भर्चुअल वर्क मिटिङका लागि परिकल्पना गरेको फिचरजस्तै हो।

माइक्रोफ्ट टिम्समा गत वर्षको कोरोना महामारीका बेला एउटा एड-अनका रुपमा टुगेदर मोड ल्याइएको थियो। यसले सहभागीहरुलाई कक्षाकोठा वा प्रेक्षालयमा रिएरेन्ज गर्न मद्दत गरेको थियो।

माइक्रोसफ्टले कोरोना महामारीका बेला प्रयोग गरेको ती अवतारहरु यूजरको व्यक्तिगत फोटोमाथि नियन्त्रण गर्ने हिसाबले फेरि भीआर/एआर डिभाइसमार्फत् एकीकृत गर्न लागेको हो।

यी अवतारले टिम्सको २डी मोडमा काम गर्ने र व्यक्तिको आफ्नो अनुहारको सट्टा भिडियोमा यी अवतारहरु देखिने बताइएको छ। यसबाहेक डेभलपरले यसलाई भीआर/एआर तथा २८ स्क्रीनबाट अझ पर ३डी इमर्सिभ स्पेसमा पनि चल्नेगरी बनाइरहेको बुझिएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १८ कार्तिक २०७८, बिहीबार

ताजा समाचार