स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त

Technology Khabar १७ कार्तिक २०७८, बुधबार

स्मार्टच्वाइस टेक्नोलोजिजको अध्यक्षमा सुमन पोखरेल नियुक्त
Global IME Bank

काठमाडौं ।

नेपालको पहिलो एटिएम कार्ड सुबिधा प्रदान गर्ने कम्पनी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा सुमन पोखरेल कार्तिक १५ गते सम्पन्न सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रुपमा चयन भएका छन्।

कार्तिक १७ गते नेपाल राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुङ्गाना तिम्सिनाले नवनियुक्त अध्यक्ष पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराईन् ।

डेपुटी गर्भनर डा. तिम्सिनाले यस क्षेत्रमा कार्यरत कम्पनीहरुले सुरक्षा संवेदनशीलता, कारोवारको गोपनियता र नीतिगत व्यवस्थाको परिपालनामा ध्यान दिनु पर्ने उल्लेख गरिन् । साथै, मूलुकको डिजिटल इकोसिस्टमको विकासमा सबै पक्षको सहयोग र सहभागिता जरुरी रहेको बताउदै उहाँले नेपाल राष्ट्र बैंक र यस क्षेत्रमा कार्यरत संस्थाहरुको सहकार्यबाट मात्र प्रगति सहज हुने बताईन् ।

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड बैंकिङ्ग क्षेत्रमा भुक्तानी सम्बन्धी कार्यलाई सहज बनाउने उद्देश्यले सन् २००१ मा स्थापना भई सन् २००३ देखि सञ्चालनमा आएको नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा सञ्चालकको इजाजतपत्र प्राप्त कम्पनी हो । बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु यसका प्रवद्र्वक रहेका छन् । यस कम्पनीको सेवा २५ वटा बैंक तथा वित्तीय संस्थाहरु मार्फत प्रवाह भैरहेको छ ।

कम्पनीले भुक्तानीको कार्यलाई थप सहज बनाउन बैंकिङ्ग कार्डको अलावा Digital Payment Platform, SMART QR, Digital Banking Service / Payment gateway को सेवा समेत उपलब्ध गराउदै आएको छ ।

अध्यक्ष पोखरेलले आधुनिक भुक्तानी प्रणालीको विकासमा राष्ट्र बैंकको बिद्युतीय भुक्तानीलाई प्रवर्द्धन गर्दै जाने नीति अनुसार नयाँ सेवा तथा सुविधा प्रदान गरी यस क्षेत्रको विकासका लागि सधैं अग्रसर रहने र नेपाल राष्ट्र बैंकबाट प्राप्त हुने निर्देशन तथा मार्गदर्शनलाई पूर्ण पालना गर्दै अघि बढन प्रतिबद्धता व्यक्त गरे ।

Sajilo Visa

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार