माइक्रोसफ्ट अफिसमा भिडियो एडिटिङ तथा अडियो रेकर्डिङ फिचर आउँदै

Technology Khabar १७ कार्तिक २०७८, बुधबार

माइक्रोसफ्ट अफिसमा भिडियो एडिटिङ तथा अडियो रेकर्डिङ फिचर आउँदै

काठमाडौं ।

माइक्रोसफ्टले आफ्नो अफिस एपमा अझै केही मिडिया क्रियसन टूलहरु थप्न लागेको बुझिएको छ।

विभिन्न अपडेटका क्रममा कम्पनीले हालै क्लिपच्याम्प भिडियो एडिटिङ टूल अफिस सुइटमा थप्ने निर्णय गरेको हो।

कम्पनीले हालै स्वामित्व ग्रहण गरेको वेबमा आधारित उक्त टूलले प्रोफेसनल देखिने भिडियो क्लिपहरु तयार पार्न सहयोग गर्ने बताइएको छ। यसमार्फत भिडियो क्लिप बनाउन कुनै तालिमप्राप्त व्यक्ति हुनु नपर्ने पनि कम्पनीको दावी छ।

यसमार्फत् यूजरले आफ्ना अफिस प्रोजेक्टका तथा व्यक्तिगत भिडियो फुटेजहरु पनि तयार गर्न सक्नेछन्।

यसमार्फत् पावरप्वाइन्ट प्रिजेन्टेशनलाई पनि अझ परिष्कृत बनाउन सकिनेछ। यसबाहेक माइक्रोसफ्टले पावरप्वाइन्टमा रेकर्डिङ स्टुडियो पनि थप गरेको छ जसमार्फत् लाइभ प्रिजेन्टेशन नगरेका बेलाका लागि अडियो क्याप्चर गरेर राख्न सकिनेछ।

यसबाहेक स्लाइड एनोटेट, ब्याकग्राउन्ड कस्टमाइज तथा रेकर्डिङलाई अझ सहज बनाउने भ्यू चयन गर्न पनि सकिनेछ। माइक्रोसफ्टले यो फिचर २०२२ को शुरुवातमा उपलब्ध गराउने आकलन गरिएको छ।

कम्पनीले दिन लागेका अन्य अपडेटमा माइक्रोसफ्ट ३६५ मा एआई अनुभवको संकलनका रुपमा रहेको कन्टेक्स्ट आईक्यू पनि रहेको छ। यसले मानिसहरुलाई ट्याग गर्न खोज्दा कन्ट्याक्टको सुझाव दिने गर्दछ।

यसबाहेक डेभलपरहरुले स्प्रिडशीट एपमा जाभास्क्रिप्ट फ्रेमवर्क समावेश गरेर एक्सेललाई पनि अझ सुधार गर्न खोजेका छन्। यसमार्फत् वेबमा आधारित भाषा प्रयोग गरेर कष्टम डाटा टाइप तथा फङ्शन सिर्जना गर् सकिने बताइएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १७ कार्तिक २०७८, बुधबार

ताजा समाचार