एप्पलले २०२२ को शुरुवातमा महंगो मिक्स्ड रियालिटी डिभाइस ल्याउने

Technology Khabar १६ कार्तिक २०७८, मंगलवार

एप्पलले २०२२ को शुरुवातमा महंगो मिक्स्ड रियालिटी डिभाइस ल्याउने

काठमाडौं ।

एप्पलले सन् २०२२ को शुरुवाततिर एउटा मिक्स्ड रियालिटी डिभाइस सार्वजनिक गर्ने बुझिएको छ।

ब्लूमबर्गका मार्क गर्मनले हालै पावर अन न्यूजलेटरको पछिल्लो संस्करणमा एप्पलको लामो समयदेखि चर्चामा रहेको मिक्स्क रियालिटी डिभाइस केही समयपछि सार्वजनिक हुने बताएका हुन्।

गर्मनले मिक्स्ड रियालिटी डिभाइसका बारेमा चर्चा गरेको यो पहिलो पटक भने होइन। एप्पलले यसका बारेमा केही वर्षदेखि योजना बनाइरहेकोमा अब भने आधिकारिक रुपमा उपलब्ध हुन लागेको हो।

उनले लेखेका छन्, ‘ एप्पलले आफ्नो उच्चस्तरीय चिप, डिस्प्ले, सेन्सरयुक्त अवतारमा आधारित फिचरहरु भएको महंगो डिभाइस आगामी वर्षको शुरुवातमा सार्वजनिक गर्ने भएको छ।’

केही समयअघिको एक रिपोर्टमा यो नयाँ मिक्स्ड रियालिटी डिभाइसको मूल्य लगभग ३ हजार डलर आसपास रहने दावी गरिएको थियो जुन हाल गर्मनले महंगो हुने भन्ने उक्तिसँग मेल खान गएको देखिन्छ।

हालको न्यूजलेटरमा गर्मनले एप्पलको यो नयाँ हेडसेट गेम खेल्नका लागि पनि प्रयोग गर्न सकिने वा अग्मेन्टेड रियालिटीमा मात्र केन्द्रित हुनेछ भन्नेबारेमा पनि व्याख्या गरेका छन्।

easy care

प्रकाशित: १६ कार्तिक २०७८, मंगलवार

ताजा समाचार