बाणिज्य बैंकको खुला पदहरुमा अनलाइनमार्फत आवेदन दिन सकिने, आवेदन दस्तुर पनि अनलाइनबाटै

Technology Khabar १४ कार्तिक २०७८, आईतवार

बाणिज्य बैंकको खुला पदहरुमा अनलाइनमार्फत आवेदन दिन सकिने, आवेदन दस्तुर पनि अनलाइनबाटै

काठमाडौं ।

राष्ट्रिय बाणिज्य बैंकले अनलाइनमार्फत मात्र आवेदन दिन सकिने गरी विभिन्न तह तथा पदमा पदपूर्ति खुलाएको छ।

बैंककाअनुसार रिक्त रहेका विभिन्न तह र पदमा लोक सेवा आयोगको सहमति अनुसार खूला प्रतियोगिताद्वारा स्थायी पदपुर्ति गर्नुपर्ने भएकोले आवश्यक न्युनतम शैक्षिक योग्यता पूगेका तथा कुनै वात कसूर नलागेका इच्छुक योग्य नेपाली नागरिकहरूबाट कात्तिक १५ गतेदेखि अनलाइन दरखास्त फाराम भर्न आह्वान गरेको छ।

बैंकले तोकेको अनलाइन दरखास्त फाराममा भर्नुपर्ने सम्पुर्ण विवरणहरू भरी सो साथ आफ्नो नेपाली नागरिकता र दरखास्त दिने पदका लागि तोकिएको अन्तिम शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यता भएमा सोको साथमा त्रिभूवन विश्वविद्यालयबाट समकक्षता निर्धारण गरेको प्रमाणपत्र र पासपोर्ट साइजको फोटो अनिवार्य रूपमा स्क्यान गरी अट्याच गर्नुपर्नेछ।

यसका लागि बैंकले विभिन्न योग्यता, मापदण्ड तथा नियमहरु तोकेको छ।

अनलाइन दरखास्त फाराम भर्न बाणिज्य बैंकको वेबसाइट https://recruitment.rbb.com.np मा गई त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिनेछ ।

परीक्षा दस्तूर समेत अनलाइन मार्फत उपलब्ध गराइएका माध्यम (आरबीबी मोबाइल बैंकिङ्ग वा इसेवा वा खल्ती वा नमस्तेपे वा तोकिएका अन्य) बाट बुझाउनुपर्नेछ। यसका साथै परीक्षा दस्तूर नगदमा बुझ्ने व्यवस्था नरहेको व्यहोरा समेत जानकारी दिएको छ।

यसरी बुझाउनुस् दरखास्त शुल्क

  • अनलाइन एप्लिकेसन पोर्टलमा भर्नुपर्ने व्यक्तिगत विवरण, पारिवारिक विवरण, आवेदन समुह, शैक्षिक विवरण तथा आवश्यक भएमा अनुभव र तालिमको विवरण भर्ने ।
  • त्यस पश्चात शूल्क भूक्तानी ट्याबमा गई उपलब्ध माध्यम (RBB Mobile Banking वा इसेवा वा खल्ती वा नमस्ते पे वा तोकिएका अन्य) मध्ये आफूले बुझाउन चाहेको माध्यममा क्लिक गरी दस्तूर बुझाउनु पर्नेछ।
  • यसरी परीक्षा दस्तूर बूझाउँदा एक भन्दा बढी विज्ञापनमा दरखास्त फाराम भर्ने उम्मेदवारले हरेक विज्ञापनका लागि छुट्टाछुट्टै दस्तूर बुझाउनु पर्नेछ।
  • अनलाइन दरखास्त फाराम सबमिट गरे पश्चात “Form has been Submited”, परीक्षा दस्तूर भूक्तानी भए पश्चात “Payment Successfully Receive” , भरिएको फर्म स्वीकृत भए पछि “….has been Approved”, भरिएको फाराम चेकिङ गर्दा केहि विवरण भर्न छूट भएको वा कागजात अपलोड गर्न छुट भएको देखिएमा “…has been Rejected” गरिनेछ।
  • यसरी रिजेक्ट भएको फाराममा छुट विवरण भर्न तथा अपलोड गर्न छुट भएको कागजात अपलोड गर्न सकिनेछ।
  • फाराम अस्वीकृत भएमा “….has been Cancelled” भन्ने एसएमएस फाराम भर्दा दिईएको मोवाइल नम्बर मार्फत प्राप्त हुनेछ । सो अनुरूपको एसएमएस प्राप्त भए नभएको सम्बन्धमा सम्बन्धित दरखास्तवालाले एकिन गर्नुपर्नेछ।
easy care

प्रकाशित: १४ कार्तिक २०७८, आईतवार