ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम चार महिनामा झण्डै ७ प्रतिशत सम्पन्न, असोज मसान्तमा ९५.१७ प्रतिशत पुग्यो

Technology Khabar १२ कार्तिक २०७८, शुक्रबार

ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम चार महिनामा झण्डै ७ प्रतिशत सम्पन्न, असोज मसान्तमा ९५.१७ प्रतिशत पुग्यो

काठमाडौं ।

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ आश्विन मसान्तसम्म  ९५.१७ प्रतिशत काम सम्पन्न भएको छ।

यो प्रगतिको आँकडा भाद्र मसान्तसम्म  ९४.४१ प्रतिशत थियो भने श्रावण मसान्तसम्म  ९१.८७ प्रतिशत रहेको थियो ।

यसैगरी यसै परियोजनाको काम गत असार मसान्तसम्म ८८.९६ प्रतिशत पूरा भएको थियो भने जेठ मसान्तसम्ममा सम्पन्न भएको कामको आँकडा ८८.४० प्रतिशत रहेको थियो।

यसरी हेर्दा यो परियोजनाको काममा मासिक रुपमा सामान्य हिसाबले प्रगति भइरहेको देखिन्छ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये  असोज मसान्तसम्म १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।

साथै एउटा प्याकेजमार्फत् ४ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ३० प्रतिशत निर्माण कार्य  सम्पन्न भएको छ।

हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै २ ओटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएको छ।

२ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ। त्यस्तै एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।

२०७८ आश्विन मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण यस्तो छ:

विवरण स्थानीय निकायको कार्यालय वडा कार्यालय माध्यमिक विद्यालय स्वास्थ्य संस्थाको संख्या जम्मा
सम्झाैता भएका १८ प्याकेजका साइट संख्या ७०२ ५,९३३ ५,२२५ ४,१२२ १५,९८२
इन्टरनेट जडान सम्पन्न भएको ६६५ ५,६०० ४,९६३ ३,९८२ १५,२१०
जडान गर्न बाँकी संख्या ३७ ३३३ २६२ १४० ७७२
इन्टरनेट जडान सम्पन्न प्रतिशत ९४.७३ ९४.३९ ९४.९९ ९६.६० ९५.१७
easy care

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार