डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने गभर्नर अधिकारीको सुझाब

Technology Khabar ११ कार्तिक २०७८, बिहीबार

डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने गभर्नर अधिकारीको सुझाब
फाइल तस्बिर

काठमाडौं ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल फाइनान्सियल सर्भिसलाई बेवास्ता गरेर अघि बढ्न नसकिने बताएका छन्।

बिहीबार नक्सालमा रहेको भाटभटेनी सुपरमार्केटमा क्यूआर कोडबाट गरिने कारोबारको शुरुवात गर्दै गभर्नर अधिकारीले अबको समयमा डिजिटल फाइनान्सियल सर्भिसलाई आत्मसात गरेर अगाडि बढ्नुपर्ने बताएका हुन्।

उनले विद्युतीय माध्यमको फाइदा धेरै भएकोले डिजीटल प्रविधिलाई समयसँगै अघि बढाउन जरुरी रहेको बताए। क्यूआर कोड मार्फत् भुक्तानी गर्दा समयको बचतसँगै पैसा लेनदेनसम्बन्धी अनेकन झन्झटबाट मुक्त हुने उनको धारणा छ।

गभर्नर अधिकारीले डिजिटल नेपालको अभियानलाई चाँडै सफल बनाउन सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।

उनले क्यूआर कोडको महत्व नेपालको राष्ट्रिय हितको सन्दर्भमा विशेष रहेको बताउँदै सबैले आन्तरिक लाभ लिन सकिने र यसका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहित गरिरहेको बताए ।

easy care

प्रकाशित: ११ कार्तिक २०७८, बिहीबार