एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई बेफाइदा, प्रडक्ट पेजमा ८० प्रतिशत ट्राफिक घट्यो

Technology Khabar १० कार्तिक २०७८, बुधबार

एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई बेफाइदा, प्रडक्ट पेजमा ८० प्रतिशत ट्राफिक घट्यो

काठमाडौं ।

एप्पलले हालै सार्वजनिक गरेको अपरेटिङ सिस्टम आईओएस१४ मा रहेको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई निकै बेफाइदा भएको छ।

आईओएस१४ मा ल्याइएको यो फिचरका कारण फेसबुक तथा एप्पिलबीच खिंचातानी बढ्दै गएको छ।

फेसबुकले यो नयाँ अपडेटबाट उसको प्लेटफर्ममा गरिने विज्ञापनहरु नराम्ररी प्रभावित भएको आरोप एप्पलमाथि लगाएको छ।

फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टूलको सहायताले यूजरका ब्राउजिङ हिस्ट्री, सर्च गरिएका प्रोडक्ट आदिको हिसाबबाट लक्षित वर्गलाई विज्ञापन देखाउने गर्दछ। आईओएस१३ अपडेट आएपछि फेसबुकले यस्तो गर्न सकेको थिएन।

यसबाट विज्ञापन मार्फत् सामग्री बेच्नेहरु तथा विज्ञापन राखेर शुल्क लिने फेसबुक दुवैलाई बेफाइदा भएको बुझिएको छ।

यसैबीच एप्पलका संस्थापक टिम कुकले आईओएस१४ मा आइडेन्टिफायर फर एडभर्टाइजर (आईडीएफए) फिचर अपडेट गरिएको बताएका छन्।

यो फिचरले विज्ञापन गर्नेहरुको पहिचान गरेर यूजरलाई उक्त विज्ञापनदातालाई सधैंका लागि ब्लक गर्न सक्ने अप्शन उपलब्ध गराउँछ। यसै कारण फेसबुकले आईफोनमा विज्ञापन गर्न सकिरहेको छैन।

फेसबुकले आफ्नो ब्लगमा एप्पलको एप स्टोरमा आईओएस१४ यूजरलाई कुनै पनि विज्ञापन कम्पनीद्वारा ट्र्याक गरिएको जानकारी दिने खालका एप्लिकेशनहरुलाई मात्र इजाजत दिने उल्लेख गरेको छ।

यस्तो जानकारी नदिने एपहरु एप्पलको एप स्टोरमा राखिँदैन। यसबाहेक एप्पलको नीतिले केही डाटाहरु लिनबाट पनि रोक्ने गर्दछ।

फेसबुकको प्रडक्ट पेजमा ८० प्रतिशत ट्राफिक घट्यो

 फेसबुक परफर्मेन्स मार्केटर हारून पलले कम्पनीको आम्दानीमा निरन्तर परिवर्तन आइरहेको सीएनबीसीलाई बताएका छन्।

पलको कम्पनी क्यारोसेलले फेसबुकमा यसअई दैनिक करोडाैं डलर खर्च गर्ने गरेकोमा अहिले यो आँकडा लाखमा झरेको छ। आईओएसमा परिवर्तन आउनुअघि फेसबुकले ८० प्रतिशत ट्राफिक आफ्नो प्रडक्ट पेजमा पठाउने गरेकोमा अब उक्त आँकडा केबल २० प्रतिशतमा झरेको छ।

चाडबाडको सिजनमा पनि फेसबुकको विज्ञापन व्यवसायमा लगातार कमी हुँदै गइरहेको बताइएको छ।

फेसबुकले छिट्टै पिक्सेलमा परिवर्तन ल्याउने

फेसबुकले विज्ञापनदाताहरुलाई छिट्टै नै कम्पनीले आईओएस१४ रहेका डिभाइसहरुको सामना गर्न पिक्सेल टूलमा परिवर्तन ल्याउने बताएको छ।

एजेन्सीका साथमा

easy care

प्रकाशित: १० कार्तिक २०७८, बुधबार