स्क्विड गेम नामक मालवेयर एप गुगलले प्ले स्टोरबाट हटायो, प्रयोगकर्तालाई पनि डिलिट गर्न सुझाब

Technology Khabar ८ कार्तिक २०७८, सोमबार

स्क्विड गेम नामक मालवेयर एप गुगलले प्ले स्टोरबाट हटायो, प्रयोगकर्तालाई पनि डिलिट गर्न सुझाब
NTC_Advt

स्क्विड गेम नेटफ्लिक्समा देखाईएको सुपर हिट श्रृंखला हो र यसमा विश्वभरिका दर्शकहरु झुण्डिएका छन्। अहिलेसम्मकै सबैभन्दा चर्चित यो दक्षिण कोरियाली शोको लागी २१ मिलियन डलर खर्च भएकोमा ८९१.१ मिलियन डलर कमाएको ब्लूमबर्गले उल्लेख गरेको छ।

हाल सोहि स्क्विड गेमसँग सम्बन्धित मालवेयर गुगल एप स्टोरमा भेटिएको छ । ह्याकरहरुले डाटा चोर्न र विज्ञापनहरु देखाउनका लागि यसको प्रयोग गरीरहेको भेटिएको हो ।

एक सुरक्षा फर्मले मालवेयर फैलाउन प्रयोग गरिने प्ले स्टोरमा स्क्विड गेमसँग सम्बन्धित एउटा एपलाई फ्ल्याग लगाएपछि, गुगलले एपलाई प्ले स्टोरबाट हटाएको छ र प्रयोगकर्ताहरुले आफ्नो डिभाइसबाट एप हटाउन सुझाब दिईएको छ ।

लोकप्रिय नेटफ्लिक्स सिरिज स्क्विड गेमको प्रशंसकहरुलाई निर्देशित गर्ने इसेटका शोधकर्ता लुकास स्टेफ्यांकोले गरेको मालवेयर अध्ययनद्वारा देखिएको थियो। ‘स्क्विड गेम वालपेपर ४ के एचडी’ को नामले परिचित यो एप कुख्यात जोकर मालवेयर फैलाउनको लागी कथित रुपमा प्रयोग गरीएको थियो।

“हामीले यसअघि जोकर मालवेयरलाई कभर गरिसकेका छौं, स्टोरमा एपलाई संक्रमित गर्ने यो पहिलो घटना होइन, तर नयाँ हिट शृङ्खलाका दर्शक र फ्यानहरूलाई लक्षित गर्न प्रयोग भइरहेको यो पहिलो पटक हो।” उनले भनेका छन् ।

सो मालवेयरले प्रयोगकर्तालाई नचाहिएको फ्रड विज्ञापन देखाउने गरेको थियो भने अनावश्यक एसएमएस सदस्यता शुल्क भुक्तानी गर्न लगाउने गरेको थियो।

हाल सो एपलाई स्टोरबाट गुगलले हटाएको छ र प्रयोगकर्तालाई समेत उनीहरुको डिभाइसबाट सो मावलेयर एप हटाउन भनिएको छ।

प्रकाशित: ८ कार्तिक २०७८, सोमबार