तपाइँको स्मार्टफोनमा स्टोरेज भरियो ? त्यसोभए, यी तरीकाहरुबाट फोनको स्टोरेज खाली गर्नुस्

Technology Khabar ७ कार्तिक २०७८, आईतवार

तपाइँको स्मार्टफोनमा स्टोरेज भरियो ? त्यसोभए, यी तरीकाहरुबाट फोनको स्टोरेज खाली गर्नुस्
NTC_Advt

स्मार्टफोन आजकल हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा बनेको छ। कार्यालयदेखि किनमेलसम्म र अध्ययनदेखि मनोरन्जनसम्मका लागी, सबै काम अब स्मार्टफोनबाट नै गरीन्छ। यसै कारण हाम्रो स्मार्टफोन विभिन्न प्रकारका एपहरुका साथ भरिएको हुन्छ र त्यसपछि फोनमा स्टोरेजको समस्या आउँछ।

तपाइँले कुनै न कुनै समयमा यो समस्याको सामना पक्कै गर्नुभएको होला जतिबेला तपाइँ एक फोटो वा भिडियो बनाउने कोशिश गरीरहनुभएको हुन्छ तर तपाइँले कम स्टोरेज भएको अलर्ट पाउनुहुन्छ।

आज हामी तपाइँलाई फोनको स्टोरेज कसरी बढाउने भनेर जानकारी दिने प्रयास गर्नेछौं ।

यस्ता एपहरु हटाउनुहोस्

  • यदि तपाई फोनको भरिएको स्टोरेज तुरुन्तै घटाउन चाहनुहुन्छ भने धेरै ठाउँ लिने र धेरै प्रयोग नगर्ने एपहरू डिलिट गर्नुहोस्।

फोटो र भिडियोहरू मेटाउनुहोस्

  • ग्यालरीमा गएर फोटो र भिडियोहरु जाँच गर्नुहोस्।
  • अनावश्यक फोटो र भिडियोहरू मेटाउनुहोस्।
  • ह्वाट्सएप, भाइबर वा मेसेन्जरमा आएका अनावश्यक फोटो र भिडियोहरू पनि मेटाउनुहोस्।
  • यदि तपाईंले दैनिक व्हाट्सएप, भाइबर वा मेसेन्जरबाट फर्वार्ड गरिएका भिडियो र फोटोहरू डिलिट गर्नुभयो भने धेरै ठाउँ बचत हुनेछ।

अट्याच फाइल

  • इमेलसँग जोडिएका फाइलहरू डाउनलोड हुँदा फोनमा नै सुरक्षित हुन्छन्।
  • यी फाइलहरूले हाम्रो फोनमा पनि धेरै ठाउँ ओगटेका हुन्छन्।
  • अनावश्यक संलग्न (अट्याच) फाइलहरु मेट्नुहोस्।

क्यास खाली गर्नुहोस्

  • यदि तपाइँ फोनमा स्पेस कायम राख्न चाहानुहुन्छ भने तपाइँले क्यास सफा राख्नुपर्छ।
  • एन्ड्रोइड स्मार्टफोनका प्रयोगकर्ताहरूले सेटिङमा गएर क्यास क्लियर गर्न सक्छन्।
  • क्यास क्लियर गर्नाले स्मार्टफोनको स्टोरेज पनि केही हदसम्म बढ्छ।

आईफोन प्रयोगकर्ताका लागि

-आईफोन प्रयोगकर्ताहरु फोनको सेटिंग्समा जानुहोस् र जनरलमा क्लिक गर्नुहोस्।

-त्यसपछि स्टोरेज र आईक्लाउड स्टोरेज (Storage and iCloud Storage) मा क्लिक गर्नुहोस्।

-मुख्य स्टोरेज (Main Storage) मा जानुहोस्। यहाँ फोनको स्टोरेज र यसको विभाजन देखाइनेछ, प्रयोगमा नआउने फाइल मेटाउनुहोस्।

क्लाउड स्टोरेज

-स्पेसका लागि तपाइँ क्लाउड स्टोरेज सर्भिसको प्रयोग गर्न सक्नुहुनेछ।

-महत्वपूर्ण फोटो, भिडियो र फाइल्सलाई क्लाउड स्टोरेजमा सेभ गर्न सक्नुहुनेछ।

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार