यस्तो हुनेछ चन्द्रमामा अन्तरिक्ष यात्रीले कुदाउने इलेक्ट्रिक मोटरसाइकल

Technology Khabar ७ कार्तिक २०७८, आईतवार

यस्तो हुनेछ चन्द्रमामा अन्तरिक्ष यात्रीले कुदाउने इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं ।

जर्मन अटो डिजाइन कम्पनी ‘हुकी’का निक फन हुकीले चन्द्रमामा अन्तरिक्ष यात्री सवार हुनसक्ने एक इलेक्ट्रिक मोटरसाइकल डिजाइन गरेका छन्।

लुनार रोभरहरु प्राय चार पाँग्रे हुने गरेको र सोही अनुसार डिजाइन गर्ने गरिएको छ । तर यो भने दुई पाँग्रे मात्र हुने गरी डिजाइन गरिएको छ ।

टर्डिग्रेड नामक यो बाइक १५ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्न सक्छ। यो लुनार इलेक्ट्रिक बाइक ८.५ फिट लामो रहेको छ भने एक चार्जमा ६८ माइलको यात्रा गर्दछ।

पछिल्लो दिनमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले चन्द्रमामा मानव पाईला टेकाउने योजना गरेको छ र सन् २०२४ सम्म पुन अन्तरिक्ष यात्रीहरु जाने अपेक्षा गरिएको छ । करिब ५० वर्ष पहिले चन्द्रमामा मानव पाइला राखेपछि यो अर्को माइलस्टोन साबित हुनेछ।

टर्डिग्रेड लेजर-कट एल्युमिनियम फ्रेम मेम्बर्सको प्रयोग गरिएको छ भने यसमा डूपोन्टद्वारा प्रदान गरिएको एक केभलरको कभरले सुरक्षा प्रदान गर्नेछ । यो पृथ्वीको वायुमण्डल बाहिर विकिरणबाट ड्राइवट्रेन(drivetrain) लाई रक्षा गर्नको लागी प्रयोग गर्दछ।

ड्राइभट्रेन स्वीडिश इलेक्ट्रिक मोटरसाइकल निर्माता केकद्वारा प्रदान गरिएको थियो। कम्पनीले आफ्ना अधिकांश विद्युतीय बाइकमा १० किलोवाटको मोटर प्रयोग गरेको छ। उही ड्राइभट्रेन प्रयोग गरिएको मानिन्छ, यो मूल चन्द्र रोभरको चार १९० वाट क्षमताको मोटरहरूको तुलनामा पावरमा ठूलो अपग्रेड हुनेछ, जसमा कुल पावर ०.७६ किलोवाट हुनेछ।

ठूला एयरलेस बलुन टायर डिजाइन गर्न अधिक रचनात्मकता आवश्यक छ यदपी ड्राइभट्रेन यसको तुलनामा सरल थियो।

बाइकको रिमहरूमा थ्रीडी-प्रिन्ट गरिएका सुरक्षित १२ पोलीयुरेथेन ट्रेड मोड्युलहरू प्रयोग गरिएका छन्  चन्द्रमाको सतहमा मोड्युल बिग्रिएमा र प्रतिस्थापन आवश्यक परेमा वायुरहित टायरहरू सजिलै मर्मत गर्न सकिने गरी डिजाइन गरिएको थियो।

नासाले सन् १९६० देखि इलेक्ट्रिक मून मोटरबाइकमा काम गरिरहेको छ। नासा हिस्ट्रीकाअनुसार त्यसबेला समेत लुनार रोभरका लागि एक इलेक्ट्रिक बाइकको परीक्षणहरु गरिएका थिए तर नासाले चार पाँग्रे रोभर छनौट गरेको थियो । एजेन्सीहरु

हेर्नुस् भिडियोमा-

Global Bank
easy care

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

ताजा समाचार