एप्पलको कार ब्याट्रीसम्बन्धी छलफल चिनियाँ कम्पनीसँग स्थगित, अब पानासोनिकसँग छलफल हुने

Technology Khabar ७ कार्तिक २०७८, आईतवार

एप्पलको कार ब्याट्रीसम्बन्धी छलफल चिनियाँ कम्पनीसँग स्थगित, अब पानासोनिकसँग छलफल हुने

काठमाडौं ।

एप्पलले आफ्ना विद्युतीय कारमा प्रयोग हुने ब्याट्रीका लागि चिनियाँ आपूर्तिकर्ताहरुसँग गरिरहेको छलफल स्थगित भएको छ। कम्पनीले अब भने जापानी आपूर्तिकर्ता पानासोनिकसँग ब्याट्री आपूर्का लागि छलफल गर्ने भएको छ।

गत गृष्मऋतुमा एप्पलले चीनको सीएटीएल तथा बीवाईडीसँग आफ्ना आउँदै गरेका विद्युतीय कारका लागि ब्याट्री प्याक आपूर्तिका लागि छलफल गरिरहेको बताइएको थियो।

तर अहिले आएर एप्पलले यी ब्याट्रीहरु आफ्नै लागि मात्र र अमेरिकामै बनाउनुपर्ने माग गरेपछि यो छलफलले मूर्तरुप पाउन नसकी स्थगत भएको छ।

त्यतिबेला रोयटर्स र डिजिटाइम्सले सीएटीएल वा बीवाईडीले अमेरिकामा ब्याट्री उत्पादन गर्न लागेको समाचार छापेका थिए।

अहिले रोयटर्सको एक रिपोर्ट अनुसार अमेरिकामैं बन्नुपर्ने बाहेक एप्पलले सीएटीएल र बीवाईडीले एप्पल कारका लागि मात्रै ब्याट्री बनाउनु पर्ने माग राखेको हो।

यो छलफल तोडिनुमा अमेरिका र चीनबीचको तनाव, सीएटीएल र बीवाईडीद्वारा एप्पलकै लागि मात्र विशेष टोली तयार पार्न नसक्नु मुख्य कारण रहेको बुझिएको छ।

खबर अनुसार लामो समयदेखि टेस्लाका लागि ब्याट्री आपूर्ति गर्दै आएको पानासोनिक एप्पलको सम्भाव्य आपूर्तिकर्ता हुनेछ।

easy care

प्रकाशित: ७ कार्तिक २०७८, आईतवार

ताजा समाचार