आईओएस १५ मा चल्ने एप्पलको नयाँ आईफोन १३ प्रो केवल १ सेकेण्डमा ह्याक!

Technology Khabar ५ कार्तिक २०७८, शुक्रबार

आईओएस १५ मा चल्ने एप्पलको नयाँ आईफोन १३ प्रो केवल १ सेकेण्डमा ह्याक!
आईफोन १३ प्रो

काठमाडौं ।

एप्पलले उच्चतम स्तरमा गोपनीयता र सुरक्षाको प्रतिज्ञासहित आईफोन बेच्ने गर्दछ। भर्खरको आईफोन १३ सिरिजका मोडेलमा नयाँ आईओएस १५ सहित थप सुरक्षित भएर आएको छ। तर चीनमा एक ह्वाइट ह्याट ह्याकरले सो आईफोन १३ सिरिजलाई ह्याक गर्न सफल भएका छन् ।

यसले आईफोनहरु एन्ड्रोइड समकक्षहरुको रूपमा आक्रमणमा कमजोर भएको प्रमाणित गरेको छ, त्यो पनि पछिल्लो आईफोन १३ श्रृंखलाका साथ जसमा आईफोन १३ प्रो १ सेकेन्डमा नै ह्याक भएको थियो।

चीनमा आयोजित चौथो तियानफू कप अन्तर्राष्ट्रिय नेटवर्क सुरक्षा प्रतियोगितामा, कुनलुन ल्याब टोली, जसको सीईओ पहिले क्यूहो ३६० डिग्रीका पूर्व सीटीओ हुन्, उनले आईफोन १३ प्रोलाई मोबाइल सफारी वेब ब्राउजरको रिमोट कोड एक्जुकेसनको उपयोग गरेर स्टेजमा लाइभ ह्याक गर्न सक्षम थिए। र यसको लागि केबल १५ सेकेन्ड लागेको थियो।

यसका साथै सो कार्यक्रममा फांगु ल्याब्सका एक ह्वाइट ह्याट ह्याकरले एक सेकेन्डमा टाढाबाटै आईफोन १३ प्रो जेलब्रेक गर्न सफल भएका थिए।

सबै ह्याकरका लागि प्रयोगकर्ताले उपकरणमा एक लिंक क्लिक गर्नु आवश्यक थियो र त्यसपछि प्रक्रिया चलिरहेको थियो। ह्याकरले यस जेलब्रक गरिएको आईफोन १३ प्रोमा टाढाबाटै उच्चतम स्तरको पहुँच प्राप्त गर्न सफल भयो र सबै डाटा मेटाउन सक्थ्यो।

आईफोन जेलब्रेक भएपछि, ह्याकरले प्रयोगकर्ताको सबै जानकारीमा सजिलै पहुँच पाएको थियो। ह्वाइट ह्याट ह्याकरले आईफोन १३ मा फोटो एल्बम र एपहरुलाई व्यवस्थित गर्न पहुँच प्राप्त गर्न गरेका थिए। यसमा टाढाबाटै डाटा मेटाउन सम्भव थियो।

ह्याकर्सले आईओएस १५.०.२ मा चल्ने नयाँ आईफोन १३ प्रो एक पटक मात्र होइन दुई पटक ह्याक गरेका छन्।उनले यो जबरदस्त ह्याकिङ्गको पछाडि लामो समयदेखि तयारी गरेका बताएका थिए।

यस प्रतियोगितामा फांगु टीमले आईओएस १५ प्रोमा चलिरहेको आईफोन १३ प्रोलाई रिमोटली जेलब्रेक गरेका थिए र लगभग ३,००,००० अमेरिकी डलरको इनाम दाबी गरेका थिए ।

एप्पलका यी डिभाइसहरु ह्याकिङ्ग गर्ने यी टोलीहरुले ह्याकिङ्गको विवरण एप्पललाई दिनेछन्, ताकि यी कमजोरीहरुलाई हटाउन सकियोस्। एजेन्सीहरुका साथ

easy care

प्रकाशित: ५ कार्तिक २०७८, शुक्रबार