पेपलले पिन्ट्रेस्टको स्वामित्व ग्रहण गर्दै, छलफल अन्तिम चरणमा

Technology Khabar ४ कार्तिक २०७८, बिहीबार

पेपलले पिन्ट्रेस्टको स्वामित्व ग्रहण गर्दै, छलफल अन्तिम चरणमा
NTC_Advt

काठमाडौं ।

अनलाइन भुक्तानी सेवा प्रदायक संस्था पेपलले पिनट्रेस्टको स्वामित्व ग्रहण गर्ने भएको छ। गत सन् २०१९ मा शेयर निस्कासन गर्दा यसको मूल्यांकन १० अर्ब डलर गरिएको थियो।

ई-कमर्स प्लेटफर्म शपिफाइमार्फत् प्रतिस्पर्धात्मक दबाब आइरहेका बेला पेपलले यो स्वामित्व ग्रहणको निर्णय गरेको समाचार संस्था सीएनबीसीले उल्लेख गरेको छ।

शपिफाइले ई-कमर्स तथा वित्तीय प्रविधिलाई एकीकृत गर्न ठूलो परिमाणमा लगानी गरेको छ।

यसै क्रममा शपिफाइले गत वर्ष बाइ नाउ पे लेटर अर्थात् अहिले किनेर पछि तिर्ने सुविधा दिने संस्था एफर्मसाग साझेदारी गरेको थियो।

यसमार्फत् आफ्नो चेकआउट सेवा शप पे को एकमात्र पीओएस अर्थात् पोइन्ट अफ सेल सेवा प्रदायक बन्ने कम्पनीको उद्देश्य थियो।

गत वर्षयताको कोरोना महामारीका कारण फस्टाएको अनलाइन शपिङको वृद्धिबाट  पे पललाई निकै फाइदा भएको छ।

गत वर्ष ने कम्पनीले अर्को बाइ नाउ पे लेटर प्लेटफर्म पे इन ४ किनेको थियो। पिनट्रेस्टको सम्भावित स्वामित्व ग्रहणले कम्पनी अब सोसल कमर्सतर्फ अगाडि बढेको आकलन गरिएको छ।

अन्य टेक जायन्टहरुपनि यतातर्फ आकर्षित देखिएका छन्। फेसबुकले इन्स्टाग्राममार्फत् किनमेल गर्न सकिने बनाइरहेको छ। गत ग्रीष्म ऋतुमा यसले होमस्क्रीनमा शप नामको ट्याबमार्फत् परीक्षण पनि गरेको थियो।

यसले यूजरलाई इन्स्टाग्रामको लाइभ, स्टोरी, एक्सप्लोर फीड तथा पोस्टमार्फत् पनि पैसा कमाउन सकिने सुविधा दिएको छ। यसबाहेक रील्समा पनि यसको परीक्षण गरिएको थियो।

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार