आईफोन एसई ३ एप्पलको एलसीडी डिस्प्लेयुक्त अन्तिम स्मार्टफोन हुने

Technology Khabar ४ कार्तिक २०७८, बिहीबार

आईफोन एसई ३ एप्पलको एलसीडी डिस्प्लेयुक्त अन्तिम स्मार्टफोन हुने

काठमाडौं ।

आईफोन १३ सिरिज सार्वजनिक गरेसँगै आईफोनको सबैभन्दा तल्लो र माथिल्लो स्तरमा क्रमश: आईफोन एसई २, आईफोन ११, आईफोन १२ तथा आईफोन १३ परेका छन्।

क्लासिक डिजाइन भएको एसई मोडलमा फिंगरप्रिन्ट स्क्यानर अगाडिपट्टि रहेको छ। तर हालका डिजाइनहरुमा एप्पलले यसलाई परिवर्तन गरेको छ। पछिल्लो रिपोर्ट अनुसार आईफोन एसई ३ एप्पलको एलसीडी डिस्प्लेयुक्त अन्तिम फोन हुनेछ।

यसअघि आएका केही रिपोर्टमा आईफोन एसई ३ लाई आईफोन ८ मोडल भएको दावी गरिएका थिए। यसको मतलब यसमा ४.७ इन्चको स्क्रीनसहित अगाडिपट्टि टच आईडी हुनेछ।

तर पछिल्ला चर्चा परिचर्चामा भने यो डिभाइस आईफोन एक्सआरमा आधारित हुने र फिंगरप्रिन्ट सेन्सर साइडमा दिइने दावी गरिएको छ।

प्रतिस्पर्धा वृद्धि गर्नका लागि एप्पलले आईफोन एसई ३ का लागि ए१५ प्रोसेसर प्रयोग गर्ने तथा फाइभजी सपोर्ट पनि थप्ने बुझिएको छ। मूल्यका हिसाबले कम्पनीले यसको मूल्य यसअघिको आईफोन एसई २ को बराबर नै राख्ने बुझिएको छ।

Sajilo Visa

प्रकाशित: ४ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया