Technology Khabar ३१ आश्विन २०७८, आईतवार
काठमाडौं ।
अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो प्रोफेसनल सोसन नेटवर्क लिंक्डइनलई चीनबाट हटाउने भएको छ।
कम्पनीले चिनियाँ नीति नियम तथा मापदन्ड पालना गर्न निकै कठिन र चुनाैतीपूर्ण हुँदै गइरहेको बताउँदै यस्तो कठोर निर्णय गर्नुपरेको जानकारी दिएको छ।
यो निर्णय केही समयअघि केही पत्रकारहरुको प्रोफाइल ब्लक गरेपछि लिंक्डइनमाथि सोधपूछ गरिएसँगै आएको बुझिएको छ।
लिंक्डइनले यसै वर्षको अन्त्यमा यो एपको इनजब्स नामको जब्स-वन्ली भर्सन सार्वजनिक गर्ने निर्णय गरेको छ। तर यसमा कुनै सोसल फीड समावेश हुने छैन भने लेखहरु पनि पोस्ट वा शेयर गर्न सकिने छैन।
लिंक्डइनका वरिष्ठ उपाध्यक्ष मोहक श्रफले आफ्नो ब्लगमा लेखेका छन्, ‘हामी दिनानुदिन चुनोतीपूर्ण सञ्चालन वातावरण तथा चीनमा अझ बढी मापदन्डात्मक नियमहरु झेलिरहेका छाैं।’
यसैबीच लिंक्डइनले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘हामीले लिंक्डइनको स्थानीय भर्सनलाई यसै वर्षको अन्त्यसम्ममा चीनबाट हटाउने निर्णय गर्दै गर्दा नयाँ इनजब्स एपमार्फत् अझ दरिलो उपस्थिति दर्शाउने मनस्थितिमा छाैं।’
प्रकाशित: ३१ आश्विन २०७८, आईतवार