बर्लिनमा रहेको टेस्ला फ्याक्ट्रीबाट पहिलो उत्पादन अर्को महिना आउने

Technology Khabar २५ आश्विन २०७८, सोमबार

बर्लिनमा रहेको टेस्ला फ्याक्ट्रीबाट पहिलो उत्पादन अर्को महिना आउने

काठमाडौं ।

जर्मनीको बर्लिनमा रहेको टेस्ला फ्याक्ट्रीबाट पहिलो उत्पादन अर्को महिना आउने भएको छ।

कम्पनीका सीईओ इलन मस्कले यो जानकारी शनिबार बर्लिनकै प्लान्टबाट दिएका हुन्। उनका अनुसार अर्को महिना थोरै मात्रामा उत्पादन हुने र बृहत् उत्पादनका लागि भने अझै केही समय लाग्नेछ।

उक्त फ्याक्ट्रीसँग सम्बन्धित स्थानीयहरुसँगको गुनासाहरुका बारेमा चलिरहेको छलफल आगामी अक्टोबर १४ मा सकिनेछ भने त्यसका आधारमा स्थानीय वातावरण मन्त्रालयले निर्णय सुनाउनेछ।

मस्कले बृहत् उत्पादनमा दैनिक ५ हजारदेखि १० हजारसम्म कार उत्पादन हुने र अर्को वर्षसम्म उक्त प्लान्टमा ब्याट्री सेल पनि बृहत् मात्रामै उत्पादन गरिने जानकारी दिए।

उनले फ्याक्ट्रीको विरुद्धमा वातावरणीय प्रभावका हिसाबले आलोचना गर्नेहरुका अभिव्यक्तिका अगाडि फ्याक्ट्रीको बचाउ गर्दै यसले सापेक्षिक रुपमा थोरै मात्र पानी प्रयोग गरेको साथै ब्याट्री सेलको उत्पादन दिगो भएको बताए।

केही स्थानीय बासिन्दा तथा वातावरणसँग सम्बद्ध समूह मस्कको यो गतिविधिका कारण रुष्ट भएका र उनीहरुले मस्कको यो कदमले जर्मनीको व्यावसायिक परम्पराको धज्जी उडाएको बताएका छन्।

easy care

प्रकाशित: २५ आश्विन २०७८, सोमबार

ताजा समाचार