Technology Khabar २२ आश्विन २०७८, शुक्रबार
काठमाडौं ।
गुगलले सन् २०२१ भित्र १५ करोड एकाउन्टमा टू-स्टेप भेरिफिकेशन इनेबल गर्ने लक्ष्य लिएको छ।
गुगलले एकाउन्ट सुरक्षाका लागि यसै वर्षको शुरुवातबाट २एसभी अर्थात् टू स्टेप भेरिफिकेशन गर्न थालेको थियो।
टू स्टेप भेरिफिकेशन एकाउन्ट तथा नैटवर्कहरुमा हुने अवैध पहुँच रोक्न सबैभन्दा भरपर्दो कम्पनीले विश्वास लिएको छ।
गुगल एकाउन्ट भएकाहरुबाहेक अन्य २० लाख यूट्युब सर्जकहरुले अनिवार्य रुपमा २एसभी इनेबल गर्नुपर्ने कम्पनीको भनाइ छ।
यसबाहेक गुगलले सेभ गरिएका पासवर्ड गुगल एप मेनुमै देख्न सकिने फिचर पनि ल्याउने भएको छ।
हालै एउटा ब्लग पोस्टमा गुगलले यो वर्षभित्र सबैका लागि २एसभी अनिवार्य बनाउने जनाएको छ। यसको मतलब यूजरहरुले अब फोन, इमेल वा सेक्युरिटी कीमध्ये कुनै एकबाट अर्को एक चरण पार गरेर मात्रा गुगल एकाउन्ट खोल्न सक्नेछन्।
‘हाल हामी २एसभीलाई भरपर्दो रुपमा उपयोगमा ल्याउन आवश्यक ब्याकअप संयन्त्रसहित गुगल एकाउन्टहरुमा स्वत: अपडेट गर्दैछाैं’, गुगलले ब्लगमा लेखेको छ।
कम्पनीले उच्च जोखिमयुक्त यूजरहरुका लागि १० हजार सेक्युरिटी की उपलब्ध गराउन अन्य संस्थाहरुसँग पनि साझेदारी गरेको बुझिएको छ।
यसबाहेक कम्पनीले भविष्यमा पासवर्डमा भर पर्नु पर्ने बाध्यता हटाउन अन्य सोलुशनहरुमा पनि काम गरिरहेको बुझिएको छ।
प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार