बेलायती प्रसारक स्काइले स्याटेलाइट डिशबिनाको स्ट्रिमिङ टीभी सेवा सार्वजनिक गर्ने

Technology Khabar २२ आश्विन २०७८, शुक्रबार

बेलायती प्रसारक स्काइले स्याटेलाइट डिशबिनाको स्ट्रिमिङ टीभी सेवा सार्वजनिक गर्ने
Global IME Bank

काठमाडौं ।

बेलायती प्रसारक स्काइले इन्टरनेट मार्फत् सामग्री स्ट्रिमिङ हुने टीभी सेवा सार्वजनिक गर्ने भएको छ।

यो स्ट्रिमिङ परम्परागत रुपमा स्याटेलाइटमार्फत् गरिने स्ट्रिमिङभन्दा फरक रहेको र यसमा कुनै स्याटेलाइट कनेक्शनको जरुरत नरहने भएको छ।

कम्पनीले स्काइ ग्लासलाई नो फस स्ट्रिमिङ टीभीको नाम दिएको छ।

यसमा बाहिरी सेट टप बक्सको आवश्यकता पर्दैन भने बिल्ट इन डल्बी एट्मस भएकाले साउन्डबार पनि जोड्नु पर्दैन। यसबाहेक यो टीभी ४३ ५५ र ६५ इन्च गरी तीन भेरियन्टमा उपलब्ध छ। साथै यसमा फोरके यूएचडी क्वान्टम डट स्क्रीन दिइएको छ।

यसमा १० बिट डाइनामिक रेन्ज भएकाले डल्बी भिजन एचडीआर सपोर्ट गर्छ भने भ्वाइसमार्फत् नियन्त्रण गर्न सकिन्छ। यो टीभी पाँच रंगमा उपलब्ध छ।

यसमा स्ट्रिमिङ सेवा लिन स्काइको सब्सक्रिप्शन लिनुपर्ने हुन्छ भने यसमा बीबीसी आईप्लेयर, अमेजन, नेटफ्लिक्स, डिज्नी+,  आईटीभी हब तथा अल४ का सामग्रीहरु पनि उपलब्ध हुनेछन्।

एजेन्सीका साथमा

Sajilo Visa

प्रकाशित: २२ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार