एनसेलको चाडपर्व योजनाः पेजी डाटा शुल्क प्रति एमबी मात्र रु.१ र रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डाटा पाइने

Technology Khabar २१ आश्विन २०७८, बिहीबार

एनसेलको चाडपर्व योजनाः पेजी डाटा शुल्क प्रति एमबी मात्र रु.१ र रिचार्जमा आकर्षक बोनस ब्यालेन्स वा डाटा पाइने

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डाटा पाउन सक्नेछन् ।

यो योजनासँगै एनसेलका ग्राहकले अब सुलभ दरमा कुनै पनि प्याक खरिद नगरी आफ्नो मेन ब्यालेन्सबाटै डाटा प्रयोग गर्न सक्छन् । ग्राहकले ५० प्रतिशत छुटमा कर बाहेक रु १ प्रति एमबीमा डाटा सेवाको फाइदा लिन सक्छन् ।

दशैं, तिहार र छठको पावन अवसरमा ल्याइएको पेजी अन्तर्गत रु १ प्रति एमबी अफर बुधवार (असोज २०) देखि लागु भएको छ भने रिचार्जमा बोनस योजना शुक्रबार (असोज २३) देखि लागु हुनेछ। यो योजना ९० दिनको लागि मान्य रहनेछ ।

रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा बोनस ब्यालेन्स तथा डाटा प्राप्त गर्नेछन् । रु ५० देखि रु ९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ५ देखि १० प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५० एमबी देखि २५० एमबीसम्म एक दिनको समयसिमा रहेको डाटा भोलुम प्राप्त गर्दछन् ।

त्यस्तैगरी रु १०० देखि रु १९९ सम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले तीन दिनको समयसिमा रहेको ५ देखि १२ प्रतिशतसम्म बोनस ब्यालेन्स वा १५० एमबी देखि ५०० एमबीसम्मको डाटा भोलुम प्राप्त गर्दछन् । रु २०० वा सो भन्दा बढि रिचार्ज गर्ने ग्राहकले ५ दिनको समयावधि रहेको ५ देखि १५ प्रतिशतसम्म बोनस ब्यालेन्स वा ५०० एमबी देखि १५०० एमबीसम्म डाटा भोलुम पाउनेछन् ।

डाटा प्याकमार्फत डाटा प्रयोग सबैभन्दा राम्रो विकल्प भएतापनि पे एजयू गो अर्थात पेजी शुल्कमा छुटले ग्राहकमाझ मेन ब्यालेन्सबाट पनि सुलभ दरमा डाटा सेवा सुनिश्चित गरेको छ । चाडपर्वको अफर अन्तर्गत पेजीमा छुट र रिचार्जमा बोनस योजनाले ग्राहकलाई ठूलो महत्व राख्ने र उनीहरुलाई आफ्ना परिवारजन, साथीभाईसँग सम्पर्कमा रहिरहन थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।

एनसेलले बुधवार (असोज २०) चाडपर्वकै अवसरमा ग्राहकले आफ्ना परिवारजन, साथीभाई र आफन्तहरुले मलेसिया, यूनाइटेड अरब एमिरेट्स (यूएई) र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका सहितको आकर्षक योजना पनि ल्याएको घोषणा गरेको थियो । यसका साथै विदेशमा रहेका परिवारजन वा साथीभाईबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्छन् । यो योजना बिहीबार (असोज २१) बाट पाँच हप्ता संचालनमा रहने जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार