नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले २१०० मा आजीवन डिम्याट खाता खोल्ने

Technology Khabar २१ आश्विन २०७८, बिहीबार

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले २१०० मा आजीवन डिम्याट खाता खोल्ने
NTC_Advt

नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजीवन डिम्याट खाताको योजनामा ९०० रुपैयाँ छुट दिने भएको छ । कम्पनीले नेपालमै पहिलोपटक नेपालमा ल्याएको आजिवन डिम्याट योजनामा ९०० रुपैयाँको छुटसहित २१०० रुपैयाँमा बनाइदिने भएको हो ।

कम्पनीले ३००० रुपैयाँमा २०७७ साल पौष २६ गतेदेखि यो योजना ल्याएको थियो । यो योजना असोज २१ गतेदेखि २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ।

यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेबसाइटमा गई खोल्न सकिने छ भने नविकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि अनलाईनबाट नै भुक्तानी गर्न सकिने जनाएको छ।

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार