नेपालकै प्रथम साइबर सेक्यूरिटी जर्नल प्रकाशन हुँदै

Technology Khabar २१ आश्विन २०७८, बिहीबार

नेपालकै प्रथम साइबर सेक्यूरिटी जर्नल प्रकाशन हुँदै
NTC_Advt

साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त आयोजनामा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नलको घोषणा तथा जर्नलका लागि साइबर सेक्यूरिटी क्षेत्रका बिज्ञहरुबाट लेख रचनाको लागि खुल्ला आब्हान गरिएको छ।

बढ्दो अनलाइन कारोबार र सुचना प्रबिधि क्षेत्रमा देखा परेका नविनतम सेवा सुबिधा सँगसँगै थपिएका सुरक्षा चुनौतीलाई अवसरमा बदल्दै मुलुक लाइ नै आवश्यक पर्ने साइबर सुरक्षा जनशक्ति तयार गर्न र सूचना प्रबिधि प्रयोगकर्तालाई जागरण गर्न आवश्यक रहेकोले रिसर्च र इनोभेसनको साथै प्राप्त सुचना र ज्ञानको प्रयोग गरि साइबर सेक्यूरिटी जर्नल प्रकाशन गर्न लागिएको प्रकाशक संस्थाले जानकारी दिएको छ।

कार्यक्रममा सञ्चार तथा सुचना प्रबिधि मन्त्रालयका सह सचिब अनिल कुमार दत्तले साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाल र एनपीसर्टको संयुक्त सहकार्यमा साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालले प्रकाशन गर्न लागेको नेपाल कै प्रथम साइबर सेक्यूरिटी जर्नल साइबर सुरक्षा चुनौती ब्यबस्थापन र अवसर सिर्जना गर्न कोशेढुंगा साबित हुने बताए ।

प्रा डा सुबर्ण शाक्यले साइबर सेक्यूरिटी जर्नललाई साइबर सुरक्षाको क्षेत्रमा अन्तर्रास्ट्रिय स्तरमै अब्बल जर्नल बनाउने बताए ।

साइबर सेक्यूरिटी जर्नलमा सुचना प्रबिधि क्षेत्रमा देखिएका जोखिम ब्यबस्थापन, बिश्वका बिकसित मुलुकका अभ्यासहरु, उपभोक्ता शिक्षा, पासवर्ड ब्यबस्थापन, साइबर सेक्यूरिटी रणनीति सम्बन्धमा अनुसन्धानमुलक लेख रचनाहरु आब्हान गरिएको छ। उक्त जर्नलको प्रकाशन कार्य समितिको सहयोग र समन्वयमा संयोजनको जिम्मेबारी डा.राजिब सुब्बा लाइ दिईएको छ ।

कार्यक्रममा वक्ताहरुले सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने बारेमा चर्चा गरेका थिए ।

सुचना प्रबिधिको बढ्दो प्रयोग र उत्पन्न सुरक्षा चुनौतिहरु र यसबाट कसरी अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्दर्भमा बढी भन्दा बढी प्रभाबकारिताको लागि साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालका अध्यक्ष शाक्य र बग भी का फाउन्डर नरेश लाम्गाधे तथा एनपी सर्टका अध्यक्ष चिरन्जिबी अधिकारी र बग भीका फाउन्डर नरेश लाम्गाधे बीच छुट्टाछुट्टै एमओयु हस्ताक्षर गरी आगामी दिनमा साइबर सेक्यूरिटी क्षेत्रका चुनौतीलाई अबसरमा बदल्न सहकार्य गर्ने सम्झौता समेत भएको छ।

प्रकाशित: २१ आश्विन २०७८, बिहीबार