फेसबुकका सबै सेवाहरु डाउन हुँदा एकै रातमा गुमाए मार्क जुकरबर्गले ६ अर्ब अमेरिकी डलर

  • Technology Khabar | १९ आश्विन २०७८, मंगलवार
फेसबुकका सबै सेवाहरु डाउन हुँदा एकै रातमा गुमाए मार्क जुकरबर्गले ६ अर्ब अमेरिकी डलर

काठमाडौं ।

फेसबुक डाउन हुँदा यसका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई व्यक्तिगत रुपमा ठूलो नोक्सानी पुगेको छ।

हिजो सोमबार रातीदेखि डाउन भएको फेसबुक करिब ६ घण्टासम्म पहुँच बाहिर थियो । जसले गर्दा फेसबुकका सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकारी मार्क जुकरबर्गले केही घण्टाभित्रै ठूलो रकम गुमाएका हुन् ।

ब्लूमबर्गकाअनुसार उनको कूल सम्पत्तिमा ६ अर्ब अमेरिकी डलर अर्थात करिब ९७ खर्ब नेपाली रुपैयाँ घटेको छ। यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान तल झरेका छन् ।

कम्पनीको सेयरमा आएको भारी गिरावटले उनको कुल सम्पत्ति १२१.६ अर्ब डलरमा झरेको छ । उनी अब बिल गेट्स भन्दा तल रहन पुगेका छन् । यसअघि उनको सम्पत्ति करिब १४० अर्ब डलर थियो ।

स्मरण रहोस्, नेपाली समयानुसार सोमबार राती करिब ९ बजेदेखि नेपालसहित विश्वभर फेसबुकका सबै सेवाहरु डाउन भएका थिए। फेसबुकका इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलसका साथै अमेरिकी टेलिकम कम्पनी जस्तै भेरिजोन, एटी एण्ड टी र टी मोबाइलको सेवा घण्टौंसम्म ठप्प भए ।

हाल फेसबुकका सेवाह सुचारु भईसकेका छन् । तर शतप्रतिशत हुन अझै केहि समय लाग्ने बताईएको छ । एजेन्सीका साथ

प्रकाशित: १९ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार