ओला क्याबले मोटरसाइकल लगायत भिन्न विद्युतीय सवारी उत्पादन गर्ने

Technology Khabar १४ आश्विन २०७८, बिहीबार

ओला क्याबले मोटरसाइकल लगायत भिन्न विद्युतीय सवारी उत्पादन गर्ने

काठमाडौं ।

भारतीय कम्पनी ओला क्याब्सले भविष्यमा किक स्कूटर, विद्युतीय मोटरसाइकल, ड्रोन तथा उड्ने कारसमेत निर्माण गर्ने योजना बनाएको छ।

कम्पनीका संस्थापक भबिष अग्रवालले हालै यस्तो योजनाबारे जानकारी दिएका हुन्।

सफ्टब्यांकको समर्थनमा भारतमा स्थापना भएको उक्त स्टार्टअपले आफ्नो नयाँ मोबिलिटी सर्भिसमा यी नयाँ सवारीहरु थप्ने योजना बनाएको हो। थपिने नयाँ सवारीहरु परम्परागत आज भारतीय कम्पनी ओला क्याब्सले भविष्यमा किक स्कूटर, विद्युतीय मोटरसाइकल, ड्रोन तथा उड्ने कारसमेत निर्माण गर्ने योजना बनाएको छ।

कम्पनीका संस्थापक भबिष अग्रवालले हालै यस्तो योजनाबारे जानकारी दिएका हुन्। उनले हालै ओला क्याब्सको वेबसाइटमा एउटा ब्लग पोस्टमार्फत् आईसी इन्जिन भएका गाडीहरुभन्दा ८० प्रतिशत कम खर्चिलो हुने दावी पनि गरेका छन्।

ओला क्याब्सको राइड हेलिङ सेवामा तीन पाङ्ग्रे, स्कूटर तथा ट्याक्सीहरु समावेश छन् जसले एक शहरदेखि अर्को शहरसम्म सेवा पुर्याउँदै आएका छन्। भविष्यमा भने कम्पनीले अझ विविध प्रकारका विद्युतीय सवारीमार्फत् उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

हाल कम्पनीको यूजर बेस १० करोड रहेको र यो सङ्ख्या थपिएर १ अर्ब ३० करोड हाराहारी पुर्याउने लक्ष्य रहेको बताइएको छ।

अग्रवालले ओला इलेक्ट्रिक्सको एस१ ई-स्कूटर डिजिटल प्लेटफर्ममा उपलब्ध रहेको बताएका छन्। उनले भविष्यमा उक्त प्लेटफर्म अन्य उत्पादकका लागि पनि खुला रहने र उपभोक्ताले अझ बढी विकल्प प्राप्त गर्ने उल्लेख गरे।

इन्ट्र्याकरका अनुसार ओलाले अर्को वर्षको पहिलो ६ महिनामा आईपीओ निस्कासन गर्ने तयारी गरिरहेको पनि आकलन गरेको छ।

यस्तै सीबी इन्साइट्सका अनुसार ओला क्याब १ अर्ब डलरभन्दा माथिको पुँजीयुक्त पाँचो भारतीय स्टार्ट अप हुन पुगेको छ र यसको मूल्यांकन ६ अर्ब ३० करोड डलरको रहेको थियो।

easy care

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

ताजा समाचार

Vietnamese airlines use environmentally-friendly aircraft to realize net-zero emission targets

  • Technology Khabar
  • ७ जेष्ठ २०८१, सोमबार