यूट्युबबाट पैसा कसरी कमाइन्छ? जान्नुहोस् प्रक्रिया

Technology Khabar १० आश्विन २०७८, आईतवार

यूट्युबबाट पैसा कसरी कमाइन्छ? जान्नुहोस् प्रक्रिया

काठमाडौं ।

युट्युबमा भिडियो राखेरै मानिसहरुले थुप्रै आम्दानी गरेको हामीले देख्दै सुन्दै आएका छाैं। विश्वका विभिन्न सेलिब्रिटी, गायक गायिका वा अन्य संघसंस्थाहरुले पनि युट्युब च्यानलमा भिडियो राखेर मनग्य आम्दानी गरेको हामीले पढ्दै र सुन्दै आएको कुरा हो।

यस्तोमा युट्युबबाट पैसा चाहिँ कसरी कमाइन्छ वा हामी पनि युट्युबमार्फत् पैसा कमाउन चाहन्छाैं भन्ने जिज्ञासा धेरैको हुन सक्छ।

भिडियो अपलोड गरेर नै राम्रै आम्दानी गर्न सकिन्छ भने जागिर वा अन्य कामको सट्टा यसैलाई पेशा किन नबनाउने? भन्ने पनि धेरैलाई लाग्न सक्छ। यही जिज्ञासा मेट्नका लागि हामीले युटुयुबबाट कसरी पैसा आउँछ र यसका लागि हामीले के के गर्नुपर्छ भन्ने टिप्सहरु प्रस्तुत गरेका छाैं। आउनुस् यसबारेमा चरणबद्ध रुपमा थाहा पाऔँ।

यूट्युब प्लेटफर्म सन् २००५ मा सार्वजनिक भएको थियो। यदि कसैले यूट्युबमा क्रिएटर वा र्सजकमका रुपमा काम गर्न चाहेको खण्डमा सबैभन्दा पहिले एउट यूट्युब च्यानल हुनु जरुरी हुन्छ।

यो च्यानल जीमेल एकाउन्टमार्फत् साइन इन गरेर खोल्न सकिन्छ। यसरी च्यानल तयार भइसकेपछि त्यसमा आफ्नो भिडियो अपलोड गरेर त्यसलाई व्यवस्थित गर्दै रकम कमाउने तिर लाग्न सकिन्छ।

यूट्युबका लागि भिडियो बनाउँदा यी कुरामा ध्यान दिनुहोस्

यदि तपाईँ यूट्युबमा निशुल्क रुपमा आफ्नो करियर शुरू गर्न चाहनुहुन्छ भने तपाईँले केही महत्वपूर्ण कुराहरुलाई ध्यानमा राख्नु जरुरी हुन्छ। अर्थात् तलका केही सामान वा सेवाको राम्रो बन्दोबस्त गर्नुपर्ने हुन्छ।

  • मोबाइल, क्यामरा फोन वा एसएलआर क्यामरा
  • भिडियो एडिटिङका लागि ल्यापटप वा स्मार्टफोन
  • इन्टरनेटको राम्रो कनेक्टिभिटी
  • जीमेलमा एकाउन्ट
  • यूट्युबमा एउटा च्यानल
  • यूट्युबमा भिडियो बनाउनका लागि आफ्नो मनपर्ने कुनै विषयवस्तुको छनोट

 

यूट्युबबाट कहिले र कसरी आउँछ पैसा?

यूट्युबबाट कमाई गर्नका लागि अलि लामो समयसम्म निरन्तर रुपमा काम गरिरहनुपर्छ। केही समय र केही भिडियोपछि नै पैसा आउँछ भन्ने मान्यता राख्नु हुँदैन। यसका लागि लगातार भिडियो क्रिएट अर्थात् सिर्जना गर्नुपर्छ।

साथै एक दुईओटा भिडियो भाइरल भएर पैसा पाइन्छ भन्ने मानसिकता पनि राख्न मिल्दैन। यूट्युब च्यानल मनिटाइजेशन पोलिसीलाई आत्मसात् गर्दै त्यसै अनुरुप भिडियो बनाउने र अपलोड गर्दै जाने गर्नुपर्छ।

यूट्युब च्यानल मनिटाइजेशन पोलिसी अन्य थुप्रै पोलिसी वा नीतिनियमहरुको एउटा समूह हो जसले तपाईलाई यूट्यूब च्यानल मनिटाइज गर्ने माैका दिन्छ।

. कम्युनिटी गाइडलाइन

भिडियोमा अश्लीलता, नग्नता तथा अन्य योनजन्य सामग्री राख्नु हुँदैन भने बालबालिकाको सुरक्षासम्बन्धी नियम पालना गर्नुपर्छ। कुनै दंगा फसाद सिर्जना गर्ने हेट स्पीच अर्थात् द्वेष/घृणायुक्त सामग्री अपलोड गर्नुहुँदैन।

यसबाहेक साइबर अपराध, अरुको मानहानी हुने किसिमका सामग्री राख्न नहुनेजस्ता थुप्रै नीतिहरु कम्युनिटी गाइडलाइन भित्र हुन्छन् जसको उल्लङ्घन गरेमा यूट्युबले रकम अर्थात् पैसा दिँदैन।

२. च्यानलको रिभ्यु अर्थात् समीक्षा

यू्टयुबले च्यानलमा रहेका सबै भिडियो रिभ्यु गर्दैन। उसले केबल तपाईँको भिडियोको थिमलाई आधार मान्दछ।

थिम भन्नाले उक्त भिडियोको विषयवस्तु र मुख्य सन्देश के सँग सम्बन्धित छ भन्ने हो। यसका लागि कम्पनीले तपाईँको सबैभन्दा बढी भ्यू भएको भिडियोलाई जाँच पड्ताल गर्छ।

उसको जाँचको मुख्य विषय भनेकै यो भिडियो किन भाइरल भयो र अन्य भिडियोहरु किन रुचाइएनन् भन्ने हो। यसपछि उस्ले सबैभन्दा बढी वाच टाइम कति छ भनेर जाँच गर्छ। साथै भिडियोमा दिइएको डेस्क्रिप्शन वा वर्णनलाई पनि मध्यनजर गर्दछ।

. कपिराइट अर्थात् कन्टेन्टको सर्वाधिकार

कपीराइटमार्फत् कुनै पनि सामग्री वा कन्टेन्टमा उक्त भिडियो अपलोड गर्ने व्यक्तिको आफ्नै अधिकार भएका दृश्य वा संगीतहरु राखिएका छन् वा अरुको अधिकारयुक्त सामग्री ल्याएर अनधिकृत रुपमा जोडिएका छन् भन्ने पत्ता लगाइन्छ।

यदि तपाईँले कुनै अर्को च्यानलमा रहेका भिडियो आफ्नो भन्दै अपलोड गर्नुहुन्छ भने त्यसमार्फत् पनि कपिराइट अर्थात् सर्वाधिकार उल्लङ्घन भएको मानिन्छ।

यूट्युबबाट पैसा कमाउनका लागि अपलोड गरिएको भिडियो कुनै पनि हालतमा कपिराइट उल्लङ्घन हुने खालको हुनु हुँदैन।

. गुगल एडसेन्स

पब्लिशर अर्थात् भिडियो बनाएर अपलोड र प्रकाशन गर्ने युट्युब च्यानलधनीहरुलाई रकमको भुक्तानी गुगल एडसेन्सले दिन्छ।

एडसेन्सले तपाईँको कन्टेन्ट वा वेबसाइटमा आउने व्यक्ति वा भिजिटरका आधारमा तपाईको साइटमा विज्ञापन ल्याउने र राख्ने काम गर्छ। विज्ञापन दिने विज्ञापनदाताले जुन प्रडक्टको प्रचार गर्न चाहेको हो त्यसैको विज्ञापन बनाएर साइटमा राख्ने र त्यो विज्ञापन क्लिक भएको आधारमा च्यानलको पब्लिशरको खातामा निश्चित रकम जाने व्यवस्था गर्छ।

विज्ञापनदाताले अलग-अलग विज्ञापनका लागि अलग-अलग रकम तिर्नुपर्ने हुन्छ। यसैले यसमार्फत् हुने कमाइ फरक-फरक परिमाणमा आउन सक्छ।

भुल्न नहुने कुरा

  • १२ महिनामा ४ हजार भ्यालिड पब्लिक वाच आवर हुनुपर्ने
  • एडसेन्समा लिंक भएको एकाउन्ट चाहिने
  • १ हजार सब्स्क्राइबर हुनुपर्ने
  • युट्युबको कम्युनिटी गाइडलाइनको पूर्ण रुपमा पालना गर्नुपर्ने
Global Bank
easy care

प्रकाशित: १० आश्विन २०७८, आईतवार

ताजा समाचार