बैंक ठगीको आरोप मिलाउन अमेरिका र ह्वावेकी मुख्य वित्तीय अधिकारी वान्झाउ सम्झौता नजिक

Technology Khabar ९ आश्विन २०७८, शनिबार

बैंक ठगीको आरोप मिलाउन अमेरिका र ह्वावेकी मुख्य वित्तीय अधिकारी वान्झाउ सम्झौता नजिक

काठमाडौं ।

ह्वावेका मुख्य वित्तीय अधिकारी मेङ्ग वान्झाउ अमेरिकी अभियोजनकर्ताहरु संग उनको बिरुद्ध बैंक ठगी मुद्दा समाधानको लागी एक सम्झौतामा पुगिसकेका यस मामलासँग परिचित स्रोतहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।

उनलाई क्यानाडा छोड्न र दुई सुपर शक्तिहरु बीच तनावको बिन्दुबाट मुक्त गर्नको लागी एक प्रक्रिया शुरु हुनेछ।

शुक्रवार अदालतमा बुझाईएको कागतपत्रअनुसार अमेरिकी सरकारले यो ब्रुकलिन संघीय अदालतमा मेङ्ग विरुद्ध आरोपको एक संकल्पमा छलफलको लागी प्रस्तुत हुने बताएको छ।

मेङ्गलाई डिसेम्बर २०१८ मा क्यानाडाको भ्यान्कुभर अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी वारेन्टमा गिरफ्तार गरिएको थियो, र उनलाई कथित रुपमा एचएसबीसीलाई ईरानमा दूरसञ्चार उपकरण जायन्टको व्यापार लेनदेनको बारेमा भ्रामक जानकारी दिएको भन्दै बैंक र वायर ठगीको आरोप लगाईएको थियो।

रिपोर्टले यो मुद्दा संग परिचित अन्य दुई व्यक्तिको अनुसार स्थगित अभियोजन सम्झौता केवल मेङ्गसंग सम्बन्धित छ र अमेरिकी आरोप कम्पनीको विरुद्धमा निरन्तर रहने उल्लेख गरेको छ।

संयुक्त राज्य अमेरिका र चीन बीचको विवाद सुल्झाउनु बाहेक, यो सम्झौताले दुई क्यानेडियन व्यापारी माइकल स्पाभर र पूर्व कूटनीतिज्ञ माइकल कोभ्रिग, जसलाई मेङ्गलाई हिरासतमा लिईएको केही समयपछि नै गिरफ्तार गरी चीनमा राखिएको छ, उनीहरुको रिहाइको लागी मार्ग प्रशस्त गर्न सक्छ। गएको अगस्टमा, एक चिनियाँ अदालतले स्पाभरलाई जासुसीको लागी ११ बर्ष जेल सजाय सुनाएको थियो ।

ह्वावेलाई अमेरिकी सरकारले सन् २०१९ मा कालोसूचीमा राख्दै प्रतिबन्ध लगाएको थियो । ह्वावेमाथि व्यापारीक सिक्रेट चोरेको, आपराधिक उद्यम गरेको र अमेरिकी राष्ट्रिय सुरक्षाको विरुद्ध काम गरेको आरोप अमेरीकाले लगाएको छ।

ह्वावेका संस्थापक रेन झेनफेँगकी छोरी मेङ्गलाई आपराधिक मुद्दा लगाईएको छ र उनको न्यायीक सुनुवाई यहि अगस्टमा सकिएको छ र नयाँ मिति अक्टोबर २१ मा तोकिएको छ।

सम्बन्धित-

ह्वावेकी प्रमुख वित्तीय अधिकारी मेङ्ग वान्झाउको अमेरिका प्रत्यर्पण मुद्दा टुंगियो, फैसला आउन समय लाग्ने

उनलाई क्यानाडामा २४ सै घण्टा निजी सुरक्षाकर्मीहरुले सुरक्षा दिने गरेका छन् । उनले आफू निर्दोष रहेको र दुई देशको राजनीतिबीचमा फसाईएको बताउँदै आएकी छिन् । उनले आरोप लागेको मुद्दा विरुद्ध अन्तिमसम्म लड्ने बताएकी छिन् ।

यो पनि हेर्नुस्-

ह्वावेका विश्वव्यापी फाइभजी प्रयोगकर्ता ४९ करोड पुगे

Global Bank
easy care

प्रकाशित: ९ आश्विन २०७८, शनिबार

ताजा समाचार