मेशिनको नाममा कुनै पेटेन्ट दिन नमिल्ने बेलायती अदालतको फैसला

Technology Khabar ९ आश्विन २०७८, शनिबार

मेशिनको नाममा कुनै पेटेन्ट दिन नमिल्ने बेलायती अदालतको फैसला

काठमाडौं ।

आर्टिफिसियल इन्टिजेन्स कुनै नयाँ पेटेन्टको आविष्कारक हुन नसक्ने बेलायतको एक अदालतले फैसला सुनाएको छ।

पेटेन्ट कुनै पनि नयाँ आविष्कारको स्वामित्व सर्जकलाई प्रदान गर्ने प्रक्रिया वा अधिकार हो। हाल अदालतमा रहेको र आज फैसला भएको मुद्दाको केन्द्रबिन्दु मानिसका लागि लेखिएको कानून मेशिनहरुलाई पनि लागू हुन्छ वा हुन्न भन्ने रहेको बीबीसीले उल्लेख गरेको छ।

बेलायतको पुनरावेदन अदालतले डाबुस नामको सिस्टमका सर्जक स्टेफन थालेरले बेलायतको इन्टेलेक्चुअल प्रोपर्टी अफिस आईपीओले आफूलाई आफ्नो एआईलाई पेटेन्ट दिन अस्विकार गरेपछि हालेको मुद्दामा यस्तो फैसला सुनाएको हो।

यो थुप्रै समयसम्म चलेको मेशिनलाई आविष्कारकको नाम दिइनुपर्ने भन्दै परेको मुद्दामा दिइएको यस प्रकारको पहिलो फैसला हो।

यसै महिनाको शुरुमा थालेरले यस्तै खाले मुद्दा अमेरिकामा पनि हारेका थिए। अमेरिका र बेलायतबाहेक अन्य मुलुकमा हालेको मुद्दा भने उनले जितेका थिए।

थालेरले सन् २०१८ मा फुड कन्टेनर र फ्लाशिङ लाइट गरी दुई ओटा पेटेन्टको लागि आवेदन दिएका थिए।

तर उक्त आवेदनमा उनले आफूलाई सर्जकका रुपमा दावी गरेका थिएनन्। बरु डाबुस सिस्टमले यसको आविष्कार गरेकोले उसले पेटेन्ट पाउनुपर्ने दावी गरेका थिए।

आईपीओले मेशिनलाई सर्जकका रुपमा पेटेन्ट प्रदान गर्न नमिल्ने भएकाले आवेदन रद्द गर्ने निर्णय गरेकाले थालेर अदालत गएका थिए।

अदालतको प्यानलले कुनै पनि पेटेन्टको सर्जक मेशिन नभइ मानव नै हुनुपर्ने भनेको छ।

‘मानिसले मात्र अधिकार पाउँछ, कुनै मेशिनले पाउँदैन’, न्यायाधीश एलिजाबेथ लाइङले फैसलामा उल्लेख गरेकी छिन्, ‘कुनै पेटेन्ट राज्यको अधिकार हो र यो मानवलाई मात्र प्रदान गर्न सकिन्छ।

Global Bank
easy care

प्रकाशित: ९ आश्विन २०७८, शनिबार

ताजा समाचार