विद्युत प्राधिकरणले निजी क्षेत्रसँग मिलेर चार्जिङ स्टेसन बनाउने

Technology Khabar ८ आश्विन २०७८, शुक्रबार

विद्युत प्राधिकरणले निजी क्षेत्रसँग मिलेर चार्जिङ स्टेसन बनाउने
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रसँग मिलेर देशभर इलेक्ट्रिक भेहिकल चार्ज गर्नका लागि चार्जिङ स्टेसन बनाउने भएको छ।

विद्युत प्राधिकरणले देशभर ५०० वटा चार्जिङ स्टेसन बनाउनका लागि सहकार्य गर्नका लागि ईच्छुक संस्थाहरुलाई आब्हान गरेको छ।

विद्युत प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै चार्जिङ स्टेसन पूर्वाधार निर्माण गर्नका लागि सहभागी हुन भनेको हो।

“विद्युत प्राधिकरणले आवश्यकता अनुसार देश भरका राजमार्ग, बसपार्क, सपिङ मल, सिनेमा भवन, शिक्षण संस्था, अस्पताल, होटल, रेस्टुरेन्ट एवं अन्य सार्वजनिक स्थलमा चार्जिङ स्टेसन निर्माण गर्न इच्छुक निजी तथा सार्वजनिक संस्थासँग सहकार्यका लागि कार्यक्रम तयार गरेको छ,” सूचनामा भनिएको छ।

स्थानीय स्तरमा चार्जिङ स्टेसन जडान गर्न इच्छुक निजी संस्थाहरूले यस कार्यालयमा अविलम्ब सम्पर्क गर्न समेत अनुरोध गरेकोछ ।

सरकारले बजेटमार्फत इलेक्ट्रिक भेहिकललाई प्रबर्द्धन गर्न देशभर ५०० वटा चार्जिङ स्टेसन निर्माण गर्ने नीति लिएको छ।

Global Bank
easy care

प्रकाशित: ८ आश्विन २०७८, शुक्रबार

ताजा समाचार