नेटफ्लिक्सद्वारा एन्ड्रोइड डिभाइसका लागि नि:शुल्क योजना सार्वजनिक

Technology Khabar ६ आश्विन २०७८, बुधबार

नेटफ्लिक्सद्वारा एन्ड्रोइड डिभाइसका लागि नि:शुल्क योजना सार्वजनिक

काठमाडौं ।

सब्सक्रिप्शनमा आधारित स्ट्रिमिङ सेवामार्फत् चलचित्र तथा टेलिभिजन शो हरुमा उल्लेख्य क्रान्ति ल्याउन सफल सेवा नेटफ्लिक्सले हालै एन्ड्रोइड डिभाइसका लागि निशुल्क योजना अगाडि ल्याएको छ।

मंगलबार उक्त योजनाको घोषणा गरेको कम्पनीले यो सेवा लिन चाहनेहरुले वैध ईमेल एड्रेससहित साइन अप गर्नुपर्ने र त्यसपछि आफू १८ वर्षभन्दा माथि रहेको सुनिश्चित गर्नुपर्ने प्रावधान राखेको छ ।

तर यो योजनामा सशुल्क योजनाको भन्दा २५ प्रतिशत मात्र चलचित्र तथा टेलिभिजन शोहरु सूचीकृत गरिएका छन्।

यसबाहेक यूजरहरुले यो योजनामार्फत् कुनै पनि सामग्री टेलिभिजन वा अन्य डिभाइसमा कास्ट गर्न पाउने छैनन्।

यो एपले अफलाइन हेर्नका लागि डिभाइसमा टाइटल डाउनलोड गर्न पनि दिनेछैन। तर यसबाहेक पर्सनलाइज्ड रेकमेन्डेशन, मल्टिपल प्रोफाइल, विज्ञापनरहित प्लेब्याक तथा प्यारेन्टल कन्ट्रोल लगायतका नेटफ्लिक्सका मुख्य फिचरहरु भने उपलब्ध रहने बुझिएको छ।

Global Bank
easy care

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

ताजा समाचार