फेसबुकले ल्याएको पोर्टल गो तथा पोर्टल प्लस के हो? कस्ता छन् विशेषता?

Technology Khabar ६ आश्विन २०७८, बुधबार

फेसबुकले ल्याएको पोर्टल गो तथा पोर्टल प्लस के हो? कस्ता छन् विशेषता?

काठमाडौं ।

फेसबुकका सीईओ मार्क जुकरबर्गले आफ्नो फेसबुक लाइभमार्फत् दुई नयाँ डिभाइस पोर्टल गो तथा पोर्टल प्लस सार्वजनिक गरेका छन्।

सीईओ जुकरबर्रगले नेपाली समय अनुसार मंगलबार राति पोने ११ बजे फेसबुक लाइभमार्फत् यी डिभाइसहरु अनावरण गरेका हुन्।

यी दुई डिभाइसमार्फत् फेसबुकले आफ्ना यूजरलाई शानदार भिडियो कलिङको अनुभव प्रदान गर्न खोजेको बुझिएको छ।

जुकरबर्गले यी दुई डिभाइसका सबै फिचर, मूल्य तथा प्रि-बुकिङसम्बन्धी जानकारी दिएका हुन्।

कम्पनीले सन् २०१८ मा पहिलो पटक पोर्टल डिभाइस सार्वजनिक गरेको थियो भने यसपटक थर्ड जेनेरेशन डिभाइस उपलब्ध गराएको हो।

यस्तो छ पोर्टल गो

यसमा १० इन्चको स्क्रीन दिइएको छ भने यो कम्पनीको ब्याट्रीबाट चल्ने पहिलो प्रडक्ट हो। यसमा ठूलो क्षमताको ब्याट्री राखिएको छ भने हातमा बोक्नका लागि एउटा होल्डर पनि दिइएको छ। यो डिभाइसमार्फत् यूजरले एउटा कोठाबाट अर्कोमा आउ-जाउ गर्दा आफ्ना साथीभाइ र आफन्तसँग बिना रोकतोक गर्न सकिने बताइएको छ।

पोर्टल ‌+

यो डिभाइसको डिस्प्ले पोर्टल गोको भन्दा ठूलो छ। जुकरबर्गले आफुनो फेसबुक लाइभमा यो डिभाइसलाई देखाउँदा यसमा १४ इन्चको डिस्प्ले रहेको बताएका थिए।

यो डिभाइसको प्रयोग धेरै जनासँग एकै पटक भिडियो कलिङका लागि गर्न सकिने बताइएको छ। जुकरबर्गका अनुसार ठूलो स्क्रीन भएका कारण यसमा भिडियो कलिङको एउटा छुट्टै अनुभव प्राप्त गर्न सकिनेछ। यस बाहेक यसमा आफ्ना साथीभाइसँग गेम पनि खेल्न सकिने बताइएको छ।

Global Bank
easy care

प्रकाशित: ६ आश्विन २०७८, बुधबार