शाओमीले नयाँ सिभी सिरिजका स्मार्टफोनहरु ल्याउँदै

Technology Khabar ६ आश्विन २०७८, बुधबार

शाओमीले नयाँ सिभी सिरिजका स्मार्टफोनहरु ल्याउँदै

काठमाडौं ।

शाओमीले नयाँ सिभी सिरिजका स्मार्टफोनहरु सेप्टेम्बर २७ मा सार्वजनिक गर्ने बुधबार घोषणा गरेको छ। कम्पनीले सबैभन्दा पहिले चीनमा स्थानीय समय अनुसार २ बजे सो नयाँ सिरिज सार्वजनिक गर्नेछ।

कम्पनीले सिभी सिरिजका स्मार्टफोनहरुको कुनै स्पेसिफिकेसन सार्वजनिक गरेको छैन वा लाइनअपमा कति मोडलहरु छन् भन्ने बताएको छैन् ।

तर शाओमीको वेइबो पोस्टले भनेअनुसार नयाँ सिरिजमा “फेसनेबल र डाइभर्सिफाइड डिजाइन र इनोभेटिभ इमेजिङ्ग टेक्नोलोजी” हुनेछ र “आत्मविश्वासी युवाहरुका लागि हुने बताएको छ।

शाओमीको सीभी श्रृंखलाका फोनहरुले कम्पनीको सीसी लाइनअपलाई प्रतिस्थापन गर्ने भनिएको छ । र सो नयाँ सिरिज आउने इभेन्ट अझै पाँच दिन बाँकी छ र यसबीचमा सो नयाँ सीभी श्रृंखलाका फोनहरुबारे थप जानकारी आउने अपेक्षा गरिएको छ। एजेन्सी

Global Bank
easy care

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

ताजा समाचार