इन्टरनेट सेवामा प्रयोग हुने राउटर डिभाइसको मापदण्ड तयार पारिँदै

Technology Khabar ४ आश्विन २०७८, सोमबार

इन्टरनेट सेवामा प्रयोग हुने राउटर डिभाइसको मापदण्ड तयार पारिँदै

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियमनकारी निकायले इन्टरनेट सेवामा प्रयोग हुने राउटर डिभाइसको मापदण्ड तयार पार्ने भएको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाका लागि नेपालभित्र प्रयोग हुने राउटरको गुणस्तर र मापदण्ड तयार पार्ने भएको हो।

यसको लागि प्राधिकरणले अन्तिम तयारी गरिरहेको र सो मापदण्ड र स्तरको प्रारम्भिक मस्यौदा छिटै सार्वजनिक गर्ने योजना लिएको छ ।

प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालको संयोजकत्वमा गठित कमिटीले सो बारेमा अध्ययन र सरोकारबालाहरुसँग छलफल गरेर मस्यौदा तयार पारेको हो ।

“यसले राउटरको मापदण्ड र स्तरका लागि आधार तयार पार्नेछ र इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न सहयोग पुग्नेछ,” निर्देशक तथा कमिटीका संयोजक अर्यालले भने ।

उनकाअनुसार यसमा उपयोग हुने सफ्टवेयरको अवस्था, यसको रेन्ज, क्षमता तथा इन्टरनेट सेवा प्रदायकहरुले प्रयोग गर्ने राउटरको स्तरलगायतका विषयहरुलाई समेटिएको छ।

सो मापदण्डको आधारमा नै दूरसञ्चार प्राधिकरणले भविश्यमा नेपालभित्र आयात हुने राउटरहरुको लागि सिफारिस गर्ने बताईएको छ।

Global Bank
easy care

प्रकाशित: ४ आश्विन २०७८, सोमबार

ताजा समाचार