संविधान दिवसको अवसरमा नेपाल टेलिकमको कन्स्टिच्यूसन डे अफर

Technology Khabar ३ आश्विन २०७८, आईतवार

संविधान दिवसको अवसरमा नेपाल टेलिकमको कन्स्टिच्यूसन डे अफर

काठमाडौं ।

नेपाल टेलिकमले संविधान दिवसको अवसर पारेर नयाँ अफर ल्याएको छ। कम्पनीले एक दिने र तीन दिने ‘कन्स्टिच्यूसन डे अफर’ ल्याएको छ।

यस अफरमा टेलिकमले १५ रूपैयाँमा २०० एमबी र ६० रूपैयाँमा १ हजार एमबी डाटा उपलब्ध गराउने छ।

यो अलटाइम रहेको डाटा हो। यो अफर असोज ४ गते सोमबारसम्म लागु हुनेछ । एक दिने अफरमा २०० एमबीको भ्यालिडिटी १ दिनका लागि रहेको छ भने तीन दिने अफरमा १ हजार एमबीको भ्यालिडिटी ३ दिन रहेको छ।

यो अफर लिनका लागि *१४१५#*१*९# डायल गर्नुपर्नेछ वा टेलिकमको मोबाइल एप प्रयोग गरेर पनि लिन सकिने टेलिकमले जनाएको छ।

Sajilo Visa

प्रकाशित: ३ आश्विन २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

गुगल म्यासेजले उपयोगी विकल्प ल्याउँदै

  • Technology Khabar
  • २ जेष्ठ २०८२, शुक्रबार