अमेरिकी क्यारियर एटी एण्ड टी को १९ लाख फोन अनलक गर्नेलाई १२ बर्षको जेल

Technology Khabar ३ आश्विन २०७८, आईतवार

अमेरिकी क्यारियर एटी एण्ड टी को १९ लाख फोन अनलक गर्नेलाई १२ बर्षको जेल
NTC_Advt

अमेरिकाको एक जिल्ला अदालतले १९ लाख एटी एण्ड टी फोन अनलक गर्ने एक व्यक्तिलाई १२ बर्षको जेल सजाय सुनाएको छ।

अमेरिकी न्याय विभागका अनुसार मुहम्मद फहदले उनीविरुद्धको अनुसन्धानको बारेमा थाहा पाएपछि पनि कम्पनीलाई धोका दिने सात बर्षको योजना जारी राखेका थिए।

फहदको सजायको सुनुवाईमा न्यायाधीश रोबर्ट एस लास्निकले फैसला सुनाउँदै भने, उनले “एक विस्तारित अवधिको लागी भयानक साइबर अपराध” गरेका थिए।’ एटी एन्ड टीले सो परिणामस्वरूप २० करोड १५ लाख डलर मिलियन गुमाएको थियो।

फहदले २०१२ मा एटी एण्ड टी कर्मचारीलाई फेसबुकमार्फत सम्पर्क गरे र उनीहरुलाई “महत्वपूर्ण रकम” का साथ ग्राहकहरुको फोन अनलक गर्ने कार्यमा मद्दत गर्न घूस दिएको जस्टिस डिपार्टमेन्टले भनेको इन्ग्याजेटले उल्लेख गरेको छ।

पाकिस्तान र ग्रेनाडाका नागरिक फहदले कर्मचारीलाई बोथेल, वाशिङ्गटन कल सेन्टरमा पनि सहकर्मी भर्ती गर्न आग्रह गरेका थिए।

विभागकाअनुसार कर्मचारीहरूले “अयोग्य ग्राहकहरु” को लागी फोन अनलक गरे, जसले फहदलाई शुल्क तिरेका थिए। सन् २०१३ को वसन्त ऋतुमा एटी एन्ड टीले कर्मचारीहरुले आईएमईआईहरुलाई अनलक गर्ने प्रणालीलाई अधिक कठिन बनायो।

फहदले त्यसबेला मालवेयर बनाउनको लागी एक ईन्जिनियर भर्ती गरेका थिए जून मालवेयरलाई एटी एन्ड टीको सिस्टममा स्थापित गरीन्छ र उनले फोनलाई अधिक कुशलतापूर्वक र टाढैबाट अनलक गर्न सक्नेछन्।

अमेरिकी न्याय विभागकाअनुसार कर्मचारीहरुले फहदलाई कम्पनीको प्रणाली र अनलक विधिहरुको लागी प्रक्रियाको बारे बिस्तृत बिबरण दिए। सो मालवेयरले कम्पनीको प्रणाली र अन्य एटी एन्ड टी कर्मचारीहरुको पहुँच प्रमाण पत्रको बारेमा जानकारी प्राप्त गरेको बताईएको छ जसले गर्दा विकासकर्ताले मालवेयरलाई परिमार्जन गर्न ती विवरणहरु प्रयोग गरेका थिए ।

रिपोर्टकाअनुसार एटी एण्ड टी को दावी छ कि फहद र उनका सहयोगीहरुले यस योजनाको माध्यमबाट मात्र १९ लाख फोन अनलक गरेका थिए। अनलकको कारणले ग्राहकहरुले आफ्नो डिभाइसका लागि भुक्तानी पूरा गरेनन्, जसका कारण ९ अंकमा हानी भएको कम्पनीले जनाएको छ।

फहदलाई सन् २०१७ को अभयोगका लागि सन् २०१८ मा हङ्गकङ्गमा पक्राउ परेका थिए। उनलाई अमेरिकामा सुपुर्दगी गरियो र सेप्टेम्बर २०२० मा वायर ठगी गर्ने षड्यन्त्रको दोषी ठहरियो।

प्रकाशित: ३ आश्विन २०७८, आईतवार