गोप्रो हिरो टेन ब्ल्याक क्यामरा नेपाली बजारमा सार्वजनिक

Technology Khabar २ आश्विन २०७८, शनिबार

गोप्रो हिरो टेन ब्ल्याक क्यामरा नेपाली बजारमा सार्वजनिक

काठमाडौं ।

आइसफल टेक्नोलोजीजले नेपाली बजारमा गोप्रो हिरो टेन ब्ल्याक एक्सन क्यामरा सार्वजनिक गरेको छ। हिरो नाइन ब्ल्याकको सफलतापछि कम्पनीले हिरो टेन ब्ल्याक ल्याएको हो ।

जिपिटू प्रोसेसरमा आधारित यो क्यामरा छिटो  र प्रयोग गर्न सहज रहेको कम्पनीले जानकारी दिएको छ । यो क्यामराले प्रति सेकेन्ड ६० फ्रेम सम्म ५.३ के को उत्कृष्ट गूणस्तरको भिडियो खिच्न सक्छ । साथै यो क्यामराबाट २३ मेगापिक्सलको तस्बिर लिन सकिन्छ।

हिरो टेन ब्ल्याक क्यामरामा हाइपरस्मुथ ४.० स्टेबलाइजेसन फिचर छ, जसबाट भिडियो स्टेबल गर्न सकिन्छ । वाटरप्रुफ डिजाइन उत्कृष्ट र टिकाउ समेत छ । धेरै अपग्रेड भएर आएको यो क्यामरा नेपालमा पनि रुचाइने कम्पनीको विश्वास छ।

सन् २०१० मा स्थापना भएको आइसफल टेक्नोलोजीज गोप्रोका लागि नेपालको एक मात्र आधिकारिक बितरक हो ।

नयाँ सुविधाहरु को कारणले गोप्रो हिरो टेन ब्ल्याक अन्य एक्सन क्यामरा भन्दा अलग र अझ राम्रो भएको हुनाले साईकल तथा मोटरसाइकल यात्री, पर्वतारोही, व्लगर्स र अन्य श्रृजनात्मक ब्यक्तित्वहरुले मनमोहक दृश्य कैद गर्न उपयुक्त रहेको कम्पनीको दाबी छ।

easy care

प्रकाशित: २ आश्विन २०७८, शनिबार