सानिमा बैंकले ल्यायो बडा दशैंको अवसरमा विशेष योजना

Technology Khabar १ आश्विन २०७८, शुक्रबार

सानिमा बैंकले ल्यायो बडा दशैंको अवसरमा विशेष योजना
Global IME Bank

काठमाडौं ।

बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना सार्वजनिक गरेको छ ।

आश्विन १ अर्थात् आजैदेखि लागू हुने सो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा ९.५१ ५ सम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गरिने बैंकले जनाएको छ।

यसबाहेक खाता खोल्दा पहिलो वर्षका लागि डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग मेरो शेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिने पनि बताइएको छ ।

यसका साथै बचत खातामा ५५ सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा रु १० लाख सम्मको दुर्घटना बीमा, रु ३ लाख बराबरको घातक रोगको बीमा, रु ५० हजार बराबरको मेडिकल बीमा, वार्षिक रु ५ हजार बराबरको वार्षिक बहिरंग उपचार खर्च र रु ५ हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहक महानुभावहरुलाई प्रदान गरिने सानिमा बैंकले जानकारी दिएको छ ।

अनलाइनमार्फत् खाता  खोल्नका लागि बैंकको वेबसाइट https://onlineaccount.sanimabank.com/#/login  लगइन गर्न सकिने बैंकको भनाइ छ ।

Sajilo Visa

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया