एनएफटीको किनबेचमा भित्री सूचना दुरुपयोग गरेको ओपनसीद्वारा स्वीकार

Technology Khabar १ आश्विन २०७८, शुक्रबार

एनएफटीको किनबेचमा भित्री सूचना दुरुपयोग गरेको ओपनसीद्वारा स्वीकार

काठमाडौं ।

ठूलो डिजिटल कलेक्टिबल बजारका रुपमा चर्चित ओपनसीले एनएफटी वेबसाइटमा बिक्रीका लागि आउनुअघि नै भित्री सूचना लिने गरेको खुलेको छ।

ओपनसीका सीईओ डेभिन फिन्जरले उक्त घटना निकै दुखदायट्ठ भएको र यसले टोलीको धारणा नसमेट्ने पनि स्पष्ट पारेका छन्।

ओपनसीले यसबारेमा एउटा खुला समीक्षा सार्वजनिक गरेको पनि बताएको छ।

एउटा ब्लग पोस्टमा फिन्जरले कम्पनीका एक कर्मचारीले आफ्नो फ्रन्टपेजमा डिस्प्लेमा राख्न तयार पारिएको सामग्री वेबसाइटमा आउनुअघि नै किनेको सुनिश्चित गरेका छन्।

एनएफटीहरु इथेरियमलगायतका क्रिप्टोकरेन्सीमार्फत् किनिन्छन् भने ब्लकचेन नाम गरेको स्थायी डिजिटल लेजरमा भण्डारण गरिन्छन्। ब्लकचेनमा प्रत्येक कारोबारको लगत राखिन्छ र सार्वजनिक पनि गरिन्छ।

ट्विटरका क्रिप्टो समुदायले यी लगत तथा कारोबारहरु थुप्रै स्क्रीनशटमार्फत सार्वजनिक गरिरहेका हुन्छन्।

जुवु टीभी नामका एक यूजरले ओपनसीका प्रडक्ट हेड नेट च्यास्टेनलाई फिचर गरिएको एनएफटी नाफाका लागि फ्रन्ट पेजमा देखिएलगत्तै बेचेको आरोप लगाएका छन्।

Global Bank
easy care

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार

ताजा समाचार