एनटीएलाई टेरेन विद्युत प्राधिकरणले, दोस्रो पटक पनि छलफलमा अनुपस्थित

Technology Khabar १ आश्विन २०७८, शुक्रबार

एनटीएलाई टेरेन विद्युत प्राधिकरणले, दोस्रो पटक पनि छलफलमा अनुपस्थित
NTC_Advt

काठमाडौं ।

पोल भाडा वृद्धि सम्बन्धी विवाद समाधानका लागि नेपाल दूरसञ्चार प्राधिकरण एनटीएले छलफलका लागि शुक्रबार आयोजना गरेको बैठकमा नेपाल विद्युत प्राधिकरण अनुपस्थित भएको छ।

नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ आईस्पानबीच भएको विवाद टुङ्ग्याउने हेतुले नेपाल दूरसञ्चार प्राधिकरणले गत भदाै २२ गते तथा आज असोज १ गते शुक्रबार राखेको बैठकमा उपस्थित हुन आग्रह गरिएकोमा नेपाल विद्युत प्राधिकरणले एनटीएको आग्रहलाई अटेर गर्दै कुनै पदाधिकारी पठाएन।

भदाैमा पनि विद्युत प्राधिकरणका तर्फबाट प्रतिनिधि उपस्थित नभएकाले विवाद समाधानका लागि मध्यमार्ग खोज्ने कार्य अघ नबढेको र आजको बैठकमा पनि एनटीएको आग्रह अटेर गर्दै विद्युत प्राधिकरणले प्रतिनिधि नपठाएपछि छलफल अघि बढ्न नसकेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ।

छलफलका लागि आईस्पानका तर्फबाट अध्यध्य लगायत पदाधिकारी उपस्थित भए पनि अर्को पक्ष विद्युत प्राधिकरणको अनुपस्थितिका कारण छलफल हुन नसकेको हो।

नेपाल विद्युत प्राधिकरणले पछिल्लो समयमा पोल भाडा वृद्धि गरेसँगै इन्टरनेट सेवा प्रदायकहरु र विद्युत प्राधिकरणबिच विवाद निरन्तर चर्कँदो रहेको छ।

अझ हालसालै विद्युत प्राधिकरणले पोल भाडा नतिर्ने र सम्झौता नगर्ने सेवा प्रदायकहरुको तार काटिदिने र उपकरणहरु हटाईदिने चेतावनी दिएपछि विवादले नयाँ मोड लिएको हो।

विद्युत प्राधिकरणले आफ्नो लगानीमा बनाएको पूर्वाधार भएको दावी गर्दै एकतर्फीरुपमा पोल भाडा दर बढाएपछि इन्टरनेट सेवा प्रदायकहरुले विरोध गर्दै आएका छन् ।

उनीहरुले हचुवाको भरमा पोलको भाडा बढाएको र अत्यधिकरुपमा मूल्य वृद्धि गरिएको भन्दै विरोध गरेका हुन् ।

विद्युत प्राधिकरणले २०७३ सालमा ल्याएको निर्देशिका बमोजिम पोल भाडा र अप्टिकल केबुलको शुल्क असुल गर्दै आएकोमा पछिल्लो समय भने विद्युत प्राधिकरणले एकैपटक उच्च मूल्य वृद्धि गरेको देखिन्छ ।

सम्बन्धित समाचार

यस्तो छ विद्युत प्राधिकरणले बढाएको विवादित पोल भाडादर, हेर्नुस् पुरानो र नयाँ भाडादरको तुलना

प्रदेश नं २मा पोल भाडा नतिर्ने केबुल र इन्टरनेट सेवाको तार हटाउने टेलिकम निर्देशनालयको चेतावनी

पोलको भाडा नतिर्ने र सम्झौता नविकरण नगरेका इन्टरनेट सेवा प्रदायकको तार र उपकरण हटाईने !

प्रकाशित: १ आश्विन २०७८, शुक्रबार